अर्थ-वाणिज्य

९६४ कृषकलाई धान बीउ ५० प्रतिशत अनुदानमा वितरण



पाल्पा ३० बैशाख । पाल्पाका स्थानीय तहले कृषकलाई अनुदानमा धानको बीउ वितरण गर्न थालेका छन् ।  धानको उत्पादन वृद्धि गर्न जिल्लाका स्थानीय तहले धानको बीउ कृषकका लागि अनुदान कार्यक्रम अघि बढाएका हुन् ।पाल्पाको रामपुर नगरपालिकाले कृषकलाई उन्नत जातको धानको बीउ वितरण थालेको छ । नगरका दशवटै वडाबाट निवेदन सङ्कलन गरी ९६४ कृषक तथा समूहलाई सावित्री जातको धान बीउ ५० प्रतिशत अनुदानमा वितरण गरिएको कृषि शाखा प्रमुख रामहरि पाण्डेयले जानकारी दिनुभयो । नगरपालिकाले वितरण गर्ने अनुदानको धान यस वर्ष करीब ६ हेक्टर क्षेत्रफलमा लगाइने र अबको एक हप्तामा रामधान र साँवा मन्सुली जातको करीब आठ क्विण्टल बीउ वितरण गर्ने कार्यक्रम रहेको उहाँले जानकारी दिनुभयो ।

                     नगरपालिकाले अनुदानमा २१ किलो बीउ उपलब्ध गराएपछि करीब दश रोपनी क्षेत्रफलमा धान लगाउने तयारी गरेको वडा नं ४ देवीस्थान बस्ने मिठ्ठु परियारले बताउनुभयो । यस्तै माथागढी गाउँपालिकाले तीन सय घरधुरीलाई ८० क्विण्टल सावित्री, सुख्खा ३, खुमल ४, रामधान र साँवा मन्सुली जातको बीउ वितरण गर्ने गाउँपालिकाका अध्यक्ष सन्तोष थापा मगर बताउनुहुन्छ । रम्भा गाउँपालिकाले कृषकलाई धानको बीउ वितरण गर्न निवेदन माग गरी सङ्कलन गर्ने कार्य गरिरहेको छ । कृषकको मागका आधारमा १५ दिनभित्र बीउ वितरण गरिने गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताउनुभयो ।यस्तै बगनासकाली गाउँपालिकाले पनि अनुदानमा धानको बीउ वितरण गर्ने कार्य तयारी गरिरहेको जनाइएको छ । जिल्लाका अन्य स्थानीय तहमा पनि उन्नत जातको कृषकलाई धानको बीउ वितरणका लागि निवेदन सङ्कलन भइरहेको छ ।

प्रकाशित : ३० बैशाख २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६