ब्रेकिंग न्युज

अर्का पत्रकार संक्रमित ,३ पत्रकारमा कोराना पुष्टि



जनकपुर ३१ बैशाख ।वीरगञ्जमा दुई जना पत्रकार कोरोना भाइरसबाट संक्रमित भएकै दिन जनकपुरमा पनि एक पत्रकार संक्रमित भएको खुलेको छ ।मंगलबार बेलुका थपिएका २६ कोरोना संक्रमितमध्ये एक जना जनकपुरका पत्रकार रहेको धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिए ।४० वर्षीय पुरुष पत्रकार लामो समयदेखि जनकपुरमै रहेको उनले बताए।

         घर र कार्यालय मात्रै आउजाउ गर्ने गरेका ती पत्रकारमा कसरी कोरोना सर्यो भन्ने विषयमा अनुसन्धान सुरु गरिएको प्रजिअ निरौलाले बताए ।करिब एक हप्ताअघि पत्रकार महासंघ धनुषाबाट नेपाली सेनाको टोलीले २१ जना पत्रकारको स्वाब संकलन गरेर लगेको थियो । जसमध्ये एक जनामा संक्रमण पुष्टि भएको हो ।संक्रमित पत्रकारको परिवार र कार्यालयमा रहेका सबैको स्वास्थ्य परीक्षण गर्ने तयारी गरिएको छ ।मंगलबार नै वीरगञ्जका दुई जना पत्रकारमा संक्रमण पुष्टि भएको थियो।

प्रकाशित : ३१ बैशाख २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६