अन्तर्राष्ट्रिय

कोरोना कहरः विश्वभर २ लाख ९८ हजार बढीको मृत्यु, ४४ लाख २७ हजारभन्दा धेरै संक्रमित



एजेन्सी, १ जेष्ठ । विश्वमै महामारी बन्दै कोरोना कहरका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ लाख ९८ हजार ७५ पुगेको छ । विश्वका २१३ मुलुक  फैलिएको कोरोना भाइरसबाट ४४ लाख २७ हजार ७५७ जना संक्रमित छन् ।

            संक्रमितमध्ये १६ लाख ५७ हजार ८३० जना विभिन्न अस्पतालहरुमा उपचारपछि निको भएर घर फर्किएका छन् । २४ लाख ७१ हजार ८५२ जनाको उपचार भइरहेको छ । उपचाररत मध्ये ४५ हजार ९२० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्याङ्कमा उल्लेख  । युरोपियन मुलुकहरुमा १ लाख ५७ हजार बढीको मृत्यु भएको छ भने  संक्रमितको संख्या १६ लाख ९६ हजार नाघेको छ ।

        उत्तर अमेरिकी मुलुकहरुमा ९५ हजार बढीको  भएको छ । संक्रमितको संख्या १५ लाख ६८ बढी पुगेको छ ।एसियाली मुलुकहरुमा २३ हजार बढीको मृत्यु भएको छ । ७ लाख २० हजार बढी संक्रमति भएका छन् ।  त्यस्तै दक्षिण अमेरिकी मुलुकहरुमा १९ हजार बढीको मृत्यु भएको छ ।  ३ लाख ५५ हजार २७४ जना संक्रमित छन् ।विश्वमा सबैभन्दा बढी महामारीको रुपमा फैलिएको  कोरोना भाइरसको महामारीले अमेरिकामा ८५ हजारभन्दा बढीको मृत्यु भएको छ । अमेरिकामा कुल मृतक संख्या ८५ हजार १९७ पुगेको छ । अमेरिकामा कुल संक्रमितको संख्या १४ लाख ३० हजार ३४८पुगेको छ । अमेरिकामा संक्रमितमध्ये ३ लाख १० हजार २५९ जना उपचारपछि निको भएका छन् ।

प्रकाशित : १ जेष्ठ २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६