एजेन्सी, १ जेष्ठ । विश्वमै महामारी बन्दै कोरोना कहरका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ लाख ९८ हजार ७५ पुगेको छ । विश्वका २१३ मुलुक फैलिएको कोरोना भाइरसबाट ४४ लाख २७ हजार ७५७ जना संक्रमित छन् ।
संक्रमितमध्ये १६ लाख ५७ हजार ८३० जना विभिन्न अस्पतालहरुमा उपचारपछि निको भएर घर फर्किएका छन् । २४ लाख ७१ हजार ८५२ जनाको उपचार भइरहेको छ । उपचाररत मध्ये ४५ हजार ९२० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्याङ्कमा उल्लेख । युरोपियन मुलुकहरुमा १ लाख ५७ हजार बढीको मृत्यु भएको छ भने संक्रमितको संख्या १६ लाख ९६ हजार नाघेको छ ।
उत्तर अमेरिकी मुलुकहरुमा ९५ हजार बढीको भएको छ । संक्रमितको संख्या १५ लाख ६८ बढी पुगेको छ ।एसियाली मुलुकहरुमा २३ हजार बढीको मृत्यु भएको छ । ७ लाख २० हजार बढी संक्रमति भएका छन् । त्यस्तै दक्षिण अमेरिकी मुलुकहरुमा १९ हजार बढीको मृत्यु भएको छ । ३ लाख ५५ हजार २७४ जना संक्रमित छन् ।विश्वमा सबैभन्दा बढी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा ८५ हजारभन्दा बढीको मृत्यु भएको छ । अमेरिकामा कुल मृतक संख्या ८५ हजार १९७ पुगेको छ । अमेरिकामा कुल संक्रमितको संख्या १४ लाख ३० हजार ३४८पुगेको छ । अमेरिकामा संक्रमितमध्ये ३ लाख १० हजार २५९ जना उपचारपछि निको भएका छन् ।
प्रतिक्रिया