अन्तर्राष्ट्रिय

विश्वकै सबैभन्दा ठूलो शरणार्थी शिविरमा कोरोना भाइरसको संक्रमण



एजेन्सी, २ जेठ ।  बंगलादेशस्थित रोहिंग्याहरू रहेको विश्वको सबैभन्दा ठूलो शरणार्थी शिविरमा  कोरोना भाइरसको संक्रमण देखिएको छ । ठूलो शरणार्थी शिविरमा कोरोना पोजेटिभ देखिएपछि बंगादेशमा चिन्ता बढेको छ । बंगलादेशको कक्स बजारमा रहेको शिविरमा बस्दै आएका दुई जना रोहिंग्यामा  कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । क्याम्पमा बस्ने १ हजार ९ सय शरणार्थीहरूलाई पनि आइसोलेसनमा राखिएको छ ।

            बीबीसीका अनुसार उक्त स्थानमा प्रति वर्गकिलोमिटर ४० हजार देखि ७० हजारसम्म शरणार्थीको बसोबास गर्ने गर्दछन् । म्यानमारमा जातिय हिंसा भएपछि सन् २०१७ मा १० लाख हाराहारी रोहिग्या भागेर बंगलादेश पुगेका थिए । सघन बसोबास रहेको शरणार्थी क्याम्पमै कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि त्यहाँ लाखौं मानिसमा संक्रमणको खतरा हुन सक्ने बताइएको छ । 

प्रकाशित : २ जेष्ठ २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६