एजेन्सी, २ जेठ । सिङ्गापुरमा सार्वजनिक उद्यानहरूमा मानिसहरूले एकअर्काबीच पर्याप्त दूर कायम गराउने उद्देश्यले यान्त्रिक कुकुर रोवर्ट प्रयोगमा ल्याइएको छ ।
अमेरिकास्थित एउटा कम्पनीले बनाएको उक्त रोबर्टमा मानिसहरूको गतिविधि निगरानी राख्न क्यामरा जडान गरिएको छ। यसबाट भएको लाउडस्पीकरले मानिसहरूलाई दूरी कायम राख्न बारम्बार सन्देश मार्फत निर्देशन दिन्छ । सिंगापुरको एउटा बगैंचामा उक्त प्रयोग गरिएको छ र उक्त प्रयोग सफल भएमा अन्य स्थानहरुमा पनि यान्त्रिक कुकुर रोवर्ट प्रयोगमा ल्याइने छ ।
प्रतिक्रिया