अर्थ-वाणिज्य

कपिलवस्तुमा एकैसाथ २ अस्पत्ताल बनाउने पहल,साना किसान सहकारी बन्ला त कोरोना अस्पत्ताल ?



कपिलवस्तु २ जेठ कपिलवस्तुको साविक मोतिपुरको चप्पर गाउमा भर्खरै बन्दै गरेको साना किसान कृषि सहकारी सस्था लिमिटेडको भवनलाई कम्तीमा ५० देखि १ सय बेडको कोरोना उपचार अस्पत्ताल बनाउन अध्ययन शुरु भएको छ । प्रदेश ५ का सांसद बिष्णु पन्थी सहितको टोलीले उक्त भवनको अनुगमन गरेको हो । अनुगमनपछि सांसद पन्थीले प्रेसपाटीसंग भन्नु भयो सो सहकारीका अध्यक्ष र ब्यवस्थापकलाई आवश्यक निर्णय गरेर उपलब्ध गराउन भनिएको छ उहाहरु सकारात्मक नै हुनुहुन्छ ।


        कपिलवस्तुमा कोरोना संक्रमणको महामारी देखिने संकेतका आधारमा तौलिहवामा ५० बेडको अस्पत्ताल बनाउने आवश्यक निर्णय भई सकेको छ भने बाणगंगामा पनि यस्तै अस्पत्ताल बनाउन पहल भएको हो । यता कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिर्घ नारायण पौडेल सहितको सुरक्षा टोलीलाई अनुगमन गर्न भनिएको वताउदै उहाहरुले हेरेपछि आवश्यक निर्णय प्रकृयामा जान्छ सांसद पन्थीले भन्नु भयो । यो संगै साना किसान कृषि सहकारी कोरोना अस्पत्ताल बन्ला त ? भन्ने प्रश्न खडा भएकोछ । सहज उत्तर पाउन निर्णय हुनु र कार्यान्वयनमा जानु आवश्यक छ । 

प्रकाशित : २ जेष्ठ २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६