काठमाडौं, २ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले ४५ स्थानीय तहमा औद्यौगिक ग्राम स्थापना गरिने बताउनुभएको छ । सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गदैँ उहाँले स्थानीय श्रम, सीप तथा साधन प्रयोग गरी एकीकृत रुपमा उद्योग व्यवसाय विकास गर्न ४५ स्थानीय तहहरुमा औद्यौगिक ग्राम स्थापना गरिने कार्य प्रारम्भ भई सकेको बताउनुभयो ।
सरकारले स्थानीय आवश्यकता र सम्भाव्यताका आधारमा औद्यौगिक ग्राम विस्तार गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । ४५ वटा स्थानीय तहमा औद्यौगिक ग्राम विस्तारलाई विशेष महत्वका साथ लिइएको छ।
प्रतिक्रिया