अन्तर्राष्ट्रिय

कोरोना भाइरस- चीनमा पुनः देखियो संक्रमण



एजेन्सी, ३ जेठ । कोरोना भाइरस (कोभिड–१९ र्र्ला चीनले आफ्नो मुलुकमा अन्त्य भएको घोणा गरे पनि त्यहाँ पुनः संक्रमण देखिन थालेको छ ।कोरोना भाइरसको उत्पति स्थल मानिएको चीनको वुहानमा गत अप्रिल ३ तारिखयता यही २५ अप्रिलमा १४ जनामा संक्रमण देखिएकोमा शुक्रबार फेरि ४ जना नयाँ संक्रमित थपिएका छन् ।

            चिनमा संक्रमित हुनेको कुल संख्या ८२ हजार ९३३ पुगेको छ । त्यसमध्ये ७८ हजार २०९ जना संक्रमण मुक्त भएका छन् भने ९१ जना संक्रमितको उपचार भइरहेको चिन सरकारले जनाएको छ । चीनमा ४ हजार ६३३ जनाको कोरोना भाइरसका कारण मृत्यु भई सकेको छ ।  चिनमा पुनः नयाँ संक्रमित देखिएपछि चीनले वुहानका सबै बासिन्दाको कोरोना भाइरसको परीक्षण गरिरहेको छ । अमेरिकामा नियन्त्रण बाहिर गएको कोरोना भाइरस चिनले भने नियन्त्रणमा लिन सफल भएको छ ।

प्रकाशित : ३ जेष्ठ २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६