एजेन्सी, ३ जेठ । कोरोना भाइरस (कोभिड–१९ र्र्ला चीनले आफ्नो मुलुकमा अन्त्य भएको घोणा गरे पनि त्यहाँ पुनः संक्रमण देखिन थालेको छ ।कोरोना भाइरसको उत्पति स्थल मानिएको चीनको वुहानमा गत अप्रिल ३ तारिखयता यही २५ अप्रिलमा १४ जनामा संक्रमण देखिएकोमा शुक्रबार फेरि ४ जना नयाँ संक्रमित थपिएका छन् ।
चिनमा संक्रमित हुनेको कुल संख्या ८२ हजार ९३३ पुगेको छ । त्यसमध्ये ७८ हजार २०९ जना संक्रमण मुक्त भएका छन् भने ९१ जना संक्रमितको उपचार भइरहेको चिन सरकारले जनाएको छ । चीनमा ४ हजार ६३३ जनाको कोरोना भाइरसका कारण मृत्यु भई सकेको छ । चिनमा पुनः नयाँ संक्रमित देखिएपछि चीनले वुहानका सबै बासिन्दाको कोरोना भाइरसको परीक्षण गरिरहेको छ । अमेरिकामा नियन्त्रण बाहिर गएको कोरोना भाइरस चिनले भने नियन्त्रणमा लिन सफल भएको छ ।
प्रतिक्रिया