अर्थ-वाणिज्य

प्रदेश कै उच्च क्षमताका ५ कोरोना आइशोलेशन कपिलवस्तुमा बन्ने ,प्रदेशको सहयोग,पालिकाको नेतृत्व



कपिलवस्तु ३ जेठ  प्रदेश ५ सरकार र कपिलवस्तुका ४ वटा पालिकाको साझेदारीमा कोरोना संक्रमितको उपचार गर्ने अस्पत्ताल बन्ने भएको छ । एकैसाथ २ सय ५० बेडको आइशोलेशन  सेन्टर ४ पालिकामा स्थापना हुने भएकोछ । जस मध्ये मायादेवि गाउपालिकामा २ वटा बन्ने छन् भने ,कपिलवस्तु नगरपालिका ,शिवराज नगरपालिका र बिजय नगर गाउपालिकामा १/१ वटा आइशोलेशन सेन्टर बन्ने छन् । ती सबै ५० बेडका रहनेछन् ।  प्रदेश ५का आन्तरीक मामिला मन्त्री कूल प्रसाद केसीको अध्यक्षतामा तौलिहवामा बसेको बैठकले प्रदेश ५ सरकारको ५० बेडको आइशोलेशन अस्पत्ताल कपिलवस्तुमा बनाउने  निर्णयलाई बदल्दै जिल्लाका ५ स्थानमा २५० बेड क्षमताका आइशोलेसन सेन्टर  बनाउने निर्णय गरेकोहो  । 

            जिल्ला प्रशासन कार्यलय कपिलवस्तुमा भएको उपलब्ध सांसद र पालिकाका प्रमुखहरुको संयुक्त  बैठकले २५० बेडका ५ वटा आइशोलेशन अस्पत्ताल बनाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी दिर्घ नारायण पौडेलले प्रेसपाटीलाई जानकारी दिनु भयो ।  कोरोना संक्रमितको सख्या बढे पछि कपिलस्तुमा २ सय ५० बेडको आईसुलेन सेन्टर बनाउन थालिएको हो ।यस्तै तौलिहवा क्याम्पसमा  २ सय बेडको क्वारेन्टाइन निर्माण गरिने भएको छ । प्रदेश सरकारले ५० बेडको आइशोलेशन बनाउने निर्णय यसअघि गरेको थियो ।  

            कपिलवस्तु नगरपालिका– ३ स्थित महिला तथा बालबालिका कार्यालयको भवन, मायोदेबी गाउपालिका – १ पकडी स्थित फैजल खाँनको निर्माणाधीन निजी अस्पताल,सोही पालिकाकोे वडा नम्बर ३ फुलिका स्थित सार्वजनिक घर, कपिलवस्तु शिवराज नगरपालिको नलकुप सिंचाई भवन र  बिजयनगर गाउपालिकाको आयुर्बेद भवनमा ५०/५० बेडको आईसोलेशन  सेन्टर निर्माण गरिने छ । प्रजिअ पौडेलले उक्त ५ वटा आइशोलेशन अस्पत्ताल सम्वन्धित पालिका र प्रदेश सरकारको साझेदारी लगानीमा निर्माण गर्ने निर्णय भएको बताउनु भयो । निर्माणको समन्वय र अनुगमन जिल्ला प्रशासन कार्यलय कपिलवस्तुका प्रजिअले गर्ने निर्णय बैठकले गरेकोछ  । 

        कपिलवस्तु नगरपालिका– ३ स्थित महिला तथा बालबालिका कार्यालयको भवनमा रहेको लिडो नामक गैसससंगको संझौता रद्ध गरेर आइशोलेशन बनाउन कपिलवस्तु नगरपालिकालाई बैठकले निर्देशन दिएको छ । मन्त्री केसीले आईसोलेनशन सेन्टर र क्वारेन्टाइन निर्माणमा प्रदेश सरकारले सहयोग गर्ने प्रतिवद्धता जनाउदै सिघ्र निर्माणको काम थाल्न आग्रह गर्नु भएको थियो । यता प्रजिअ पौडेलले कोरोना संक्रमण विस्तार तीव्र भएकाले अस्पत्तल निर्माणको रफतार पनि तीव्र पारिने औल्याउनु भयो । 

प्रकाशित : ३ जेष्ठ २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६