अन्तर्राष्ट्रिय

भारतमा ९० हजार ६ सय बढीमा कोरोना भाइरसको संक्रमण, २८ सय ७१ को मृत्यु



एजेन्सी, ४ जेठ ।  विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइसको संक्रमणबाट भारतमा  २ हजार ८ सय ७१ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप ११८ जनाको मृत्यु भएको छ । एकै दिन थप ४ हजार ८६४ जनामा संक्रमण पुष्टि भएको छ । 

            योसँगै भारतमा कुल संक्रमितको संख्या ९० हजार ६४८ पुगेको छ । विश्वमा कोरोना भाइरस फैलने राष्ट्रको सूचीमा भारत ११ औं स्थानमा परेको छ । भारतमा कोरोना भाइरसको संक्रमण दर बढ्दै गएको छ ।  कोराना भाइरसको ९कोभिड–१९० को संक्रमण फैलिने क्रम नरोकिएपछि भारतमा मार्च २४ देखि लकडाउन जारी गरिएको छ । भारतमा कोरोना भाइरसको संक्रमण बढ्दै गएता पनि भारतीय सरकारले रेल सेवा संचालमा ल्याएको छ । रेल सेवा संचालनले  नेपालमा थप सुरक्षा चुनौति थपिएको छ ।

प्रकाशित : ४ जेष्ठ २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६