अन्तर्राष्ट्रिय

कोरोना कहरः विश्वभर ४७ लाख १७ हजार बढी संक्रमित, ३ लाख १२ हजार भन्दा धेरैको ज्यान गयो



एजेन्सी, ४ जेठ । विश्वमा महामारीको रुपमा फैलिदै गएको कोरोना भाइरसको महामारीबाट विश्वभर ३ लाख १२ हजार ९९० जनाको मृत्यु भएको छ । भाइरसको महामारीले ४७ लाख १७ हजार १६ जना संक्रमित भएको वल्डोमिटरको तथ्याङ्कमा उल्लेख छ ।

            संक्रमितमध्ये १८ लाख १० हजार ११९ जना उपचारपछि निको भएर घर फर्केका छन् । बितेको २४ घण्टामा ४ हजार बढीले ज्यान गुमाएका छन् भने ९३ हजार भन्दा धेरै संक्रमण पुष्टि भएका छन् । त्यस्तै २५ लाख ४९ हजार ७९ जनाको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने  उपचारारत मध्ये ४४ हजार ८२८ जनाको स्वास्थ्य अवस्था अत्यन्त गम्भीर छ ।

            भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा १ लाख ६१ हजार बढीको मृत्यु भएको छ । त्यस्तै उत्तर अमेरिकी मुलुकहरुमा १ लाख १ हजार मृत्यु भएको छ । एसियाली मुलुकहरुमा २४ हजार बढीले ज्यान गुमाई सकेका छन् ।

            अमेरिकामा कोरोना भाइरसको प्रभाव अत्याधिक परेको छ । त्यहाँ ९० हजारभन्दा बढीको मृत्यु भएको छ । पछिल्लो तथ्याङ्क अनुसार अमेरिकामा ९० हजार २०१ जनाको मृत्यु भएको छ । १५ लाख ७ हजार ८६१जना संक्रमित भएका छन् । विश्वभर कोरोना भाइरस र संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । नेपालमा पनि कोरोना भाइरसका कारण १ जनाको ज्यान गएको छ भने २८१ जना संक्रमित भएका छन् । 

प्रकाशित : ४ जेष्ठ २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६