मधेश

आज संक्रमण पुष्टि भएका रौतहटका १० जना हालै भारतबाट आएका थिए



रौतहट, ४ जेठ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज रौतहटमा  बिहान पहिचान पुष्टि गरेका कोरोना भाइरस का १० जना संक्रमित भारतबाट आएको खुलेको छ । रौतहटको राजपुर नगरपालिका फरहदा निवासी १८, ३२, ३६, ३९, ३९, ४२, ४८ वर्षीय र  इशनाथ नगरपालिका ३ र ५  का २८, ३० र ३३ वर्षीय पुरुषमा आज कोरोना पुष्टि भएको थियो । 

        संक्रमितहरु केही दिनअघि मात्रै भारतको मुम्बइ लगायतका ठाउबाट आएको प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिनुभयो । भारतबाट आएका उनीहरुलाई क्वारेन्टाइनमा राखिएको थियो । क्वारेन्टाइनमा रहेका उनीहरुको गत शुक्रबार  स्वाबको नमूना संकलन गरेर परीक्षणको लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं पठाएको थियो । अहिले संक्रमित सबैलाई उपचारका लागि वीरगञ्ज लैजाने तयारी भइरहेको छ । आज १० जनामा कोराना पाुष्टि भएसँगै रौतहटमा कोरोना संक्रमितको सङ्ख्या १३ पुगेको छ ।

        यसैबीच प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले कोरोना भाइरसबाट प्रभावितको उपचारका कुनै कसर बाँकी नराख्न निर्देशन दिनु भएको छ । प्रदेशअन्तर्गतका क्वारेन्टाइन र आइसोलेशनको अवस्थाका साथै उपचार समस्याबारे जानकारी लिँदै मुख्यमन्त्री राउतले आगामी दिनमा सङ्क्रमित थपिने सम्भावना रहेको र विदेशबाट नागरिकलाई फिर्ता ल्याएपछि उत्पन्न अवस्थाबारे पूर्वतयारीको सम्बन्धमासमेत छलफल गर्नु भएको थियो ।

प्रकाशित : ४ जेष्ठ २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६