ब्रेकिंग न्युज

दसैँ बिदामा अस्थायी इजलासबाट सेवा प्रवाह हुने



वीरगञ्ज (पर्सा), २४ असोज

नेपालीको महान पर्व वडा दसैँको सार्वजनिक बिदामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्ज खुला रहने भएको छ । इजलासका अनुसार बिदाका कारण सेवाग्राही अत्यावश्यक न्यायिक सेवाबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले अदालतले दसैँ बिदाको अवधिमा बन्दीप्रत्यक्षीकरण, वाणिज्यसम्बन्धी पक्राउ पुर्जीको अनुमतिलगायत अत्यावश्यक प्रकृतिका निवेदनमाथि सुनुवाइ हुनेछ । घटस्थापनाको दिन असोज २५ गतेदेखि कात्तिक ८ गतेसम्म अदालत खुला रहने छ । दसैँमा हुने सार्वजनिक बिदाका दिन पनि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म न्याय प्रशासनसम्बन्धी काम कारबाही सञ्चालन हुने इजलासका प्रवक्ता ध्रुवप्रसाद सुवेदीले जानकारी दिनुभयो । उहाँले घटस्थापना, विजयादशमी र शनिबारबाहेक अन्य सार्वजनिक बिदाका दिनमा अत्यावश्यक प्रकृतिका निवेदनमाथि सुनुवाइ हुने पनि बताउनुभयो । —

प्रकाशित : २४ आश्विन २०८३, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६