एजेन्सी, ५ जेठ । विश्वमा माहामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा तीव्र रुपमा हुँदै गएको छ । भारतमा कोरोना भाइरसको संक्रमणबाट ३ हजार २५ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप १५४ जनाको मृत्यु भएको छ ।
भारतमा एकै दिन थप ५ हजार ५० जनामा संक्रमण देखिएको छ । यो सँगै भारतमा कुल संक्रमितको संख्या ९५ हजार ६९८ पुगेको वल्डोमिटरको तथ्याङ्कमा उल्लेख छ । भारतमा ३६ हजार ८९५ जना कोरोना भाइरस मुक्त भएर घर फर्किसकेका छन् ।
कोराना भाइरसको (कोभिड–१९) को संक्रमण फैलिने क्रम नरोकिएपछि भारतमा मार्च २४ देखिको लकडाउन ३१ मे सम्म कायमै राखिने भएको छ । विश्वमा कोरोना संक्रमणका हिसाबले भारत ११ औं स्थानमा पर्दछ ।
प्रतिक्रिया