अन्तर्राष्ट्रिय

कोरोना कहरः विश्वभर ३ लाख १६ हजार भन्दा धेरैको मृत्यु, ४७ लाख ९८ हजार बढी संक्रमित



एजेन्सी, ५ जेठ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको महामारीबाट विश्वभर ३ लाख १६ हजार ५१४ जनाको मृत्यु भएको छ ।  विश्वका २१३ मुलुक कोरोना भाइरसको महामारीले ४७ लाख ९८ हजार ९५७ जना संक्रमित भएका छन् ।संक्रमितमध्ये १८ लाख ५५ हजार १३५ जना  उपचार पछि निको भएर घर फर्केका छन् ।

        बितेको २४ घण्टामा ३ हजार ६१२ जनाले ज्यान गुमाएका छन् भने ८१ हजार भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ । २६ लाख २७ हजार ३०८ जनाको उपचार भइरहेको छ । उपचारारत मध्ये ४४ हजार ८२२ जनाको स्वास्थ्य अवस्था अत्यन्तै गम्भीर छ ।कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा १ लाख ६२ हजार ८३९ जनाको मृत्यु भएको छ । १७ लाख ८० हजार भएकाृमा ७ लाख ६९ हजार भन्दा धेरै संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरुमा २४ हजार ७३३ जनाको मृत्यु भएको छ । ७ लाख ९८ हजार ३०८ जना संक्रमित भएका छन् । कोरोना भाइरसको  सबैभन्दा बढी प्रभाव अमेरिकामा परेको छ । त्यहाँ ९० हजार ९७३ जनाको मृत्यु भएको छ । १५ लाख २६ हजार ८४२ जना संक्रमित भएका छन् । कोरोना भाइरसका कारण विश्वकै स्वास्थ्य अवस्था जटिल मोडमा पुगेको विश्लेषण गरिएको छ । 

प्रकाशित : ५ जेष्ठ २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६