एजेन्सी, ५ जेठ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको महामारीबाट विश्वभर ३ लाख १६ हजार ५१४ जनाको मृत्यु भएको छ । विश्वका २१३ मुलुक कोरोना भाइरसको महामारीले ४७ लाख ९८ हजार ९५७ जना संक्रमित भएका छन् ।संक्रमितमध्ये १८ लाख ५५ हजार १३५ जना उपचार पछि निको भएर घर फर्केका छन् ।
बितेको २४ घण्टामा ३ हजार ६१२ जनाले ज्यान गुमाएका छन् भने ८१ हजार भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ । २६ लाख २७ हजार ३०८ जनाको उपचार भइरहेको छ । उपचारारत मध्ये ४४ हजार ८२२ जनाको स्वास्थ्य अवस्था अत्यन्तै गम्भीर छ ।कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा १ लाख ६२ हजार ८३९ जनाको मृत्यु भएको छ । १७ लाख ८० हजार भएकाृमा ७ लाख ६९ हजार भन्दा धेरै संक्रमणमुक्त भएका छन् ।
यस्तै एसियाली मुलुकहरुमा २४ हजार ७३३ जनाको मृत्यु भएको छ । ७ लाख ९८ हजार ३०८ जना संक्रमित भएका छन् । कोरोना भाइरसको सबैभन्दा बढी प्रभाव अमेरिकामा परेको छ । त्यहाँ ९० हजार ९७३ जनाको मृत्यु भएको छ । १५ लाख २६ हजार ८४२ जना संक्रमित भएका छन् । कोरोना भाइरसका कारण विश्वकै स्वास्थ्य अवस्था जटिल मोडमा पुगेको विश्लेषण गरिएको छ ।
प्रतिक्रिया