अन्तर्राष्ट्रिय

कोरोना कहरः विश्वभर ४८ लाख ९१ हजार बढी संक्रमित, ३ लाख २० हजार भन्दा धेरैको मृत्यु



एजेन्सी, ६ जेठ ।  विश्वभर महामारीको रुपमा फैलिदै गएको कोरोना भाइरसको कारण ४८ लाख ९१ हजार ३३० जना संक्रमित भएका छन् ।  विश्वभर ३ लाख २० हजार १३४ जनाको मृत्यु भइसेको वल्डोमिटरको तथ्याङ्कमा उल्लेख छ । विश्वका २१३ मुलुक र २ वटा पानीजहाजमा फैलिएको कोरोना भाइरसको महामारीको तीव्र रुप लिदै गएको छ ।

            संक्रमितमध्ये १९ लाख ७ हजार ४२२ जना उपचार पछि निको भएर घर फर्केका छन् । बितेको २४ घण्टामा ३ हजार बढीले जनाले ज्यान गुमाएका छन् भने ८६ हजार भन्दा धेरै जनामा संक्रमण पुष्टि भएको छ । २६ लाख ६३ हजार ७७४ जनाको उपचार भइरहेको छ । उपचारारत मध्ये ४४ हजार ७६७ जनाको स्वास्थ्य अवस्था गम्भीर छ ।

            कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा १ लाख ६३ हजार भन्दा धेरैले ज्यान गुमाई सके ।  १७ लाख ९७ हजार भन्दा धेरै जना संक्रमित भएकोमा ७ लाख ८१ हजार बढी उपचारपछि घर पर्केका छन् ।यस्तै एसियाली मुलुकहरुमा २५ हजार भन्दा धेरैले ज्यान गुमाइ सके भने ८ लाख १८ हजार बढी संक्रमित भएका छन् ।

        विश्वमै कोरोना भाइरसको महामारीको सबैभन्दा बढी प्रभाव अमेरिकामा परेको छ । त्यहाँ ९१ हजार ९८१ जनाको मृत्यु भएको छ । १५ लाख ५० हजार २९४ जना संक्रमित भएका छन् ।

प्रकाशित : ६ जेष्ठ २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६