एजेन्सी, ६ जेठ । विश्वभर महामारीको रुपमा फैलिदै गएको कोरोना भाइरसको कारण ४८ लाख ९१ हजार ३३० जना संक्रमित भएका छन् । विश्वभर ३ लाख २० हजार १३४ जनाको मृत्यु भइसेको वल्डोमिटरको तथ्याङ्कमा उल्लेख छ । विश्वका २१३ मुलुक र २ वटा पानीजहाजमा फैलिएको कोरोना भाइरसको महामारीको तीव्र रुप लिदै गएको छ ।
संक्रमितमध्ये १९ लाख ७ हजार ४२२ जना उपचार पछि निको भएर घर फर्केका छन् । बितेको २४ घण्टामा ३ हजार बढीले जनाले ज्यान गुमाएका छन् भने ८६ हजार भन्दा धेरै जनामा संक्रमण पुष्टि भएको छ । २६ लाख ६३ हजार ७७४ जनाको उपचार भइरहेको छ । उपचारारत मध्ये ४४ हजार ७६७ जनाको स्वास्थ्य अवस्था गम्भीर छ ।
कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा १ लाख ६३ हजार भन्दा धेरैले ज्यान गुमाई सके । १७ लाख ९७ हजार भन्दा धेरै जना संक्रमित भएकोमा ७ लाख ८१ हजार बढी उपचारपछि घर पर्केका छन् ।यस्तै एसियाली मुलुकहरुमा २५ हजार भन्दा धेरैले ज्यान गुमाइ सके भने ८ लाख १८ हजार बढी संक्रमित भएका छन् ।
विश्वमै कोरोना भाइरसको महामारीको सबैभन्दा बढी प्रभाव अमेरिकामा परेको छ । त्यहाँ ९१ हजार ९८१ जनाको मृत्यु भएको छ । १५ लाख ५० हजार २९४ जना संक्रमित भएका छन् ।
प्रतिक्रिया