अर्थ-वाणिज्य

राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरका पुल निर्माण हुँदै



रामपुर, ६ जेठ ।  बन्दाबन्दीबीच  राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरअअन्तर्गत पाल्पा रामपुर नगरपालिकाका तीन खोलामा पक्की पुल निर्माणको काम सञ्चालन गरिएको छ ।  वर्षा शुरु हुनु अगावै सक्नुपर्ने तथा बाढीले क्षति पु¥याउन सक्ने पुलको काम बन्दाबन्दीका समयमा पनि पुनःसञ्चालन गरिएको हो ।

             रामपुर वडा नं ३ र ४ जोड्ने अँधेरीखोलाको पुलको ढलानको काम पुनः  सम्पन्न भएको छ । सो पुलको २० मिटर लम्बाइ र  ११ मिटर चौडाइमध्ये गाडी गुड्ने भाग साढे सात मिटरको रहेको छ । त्यस्तै कालीगण्डकी करिडोरअन्तर्गत नगरपालिकाका वडा नं ७ र ८ जोड्ने तुरुन्दे खोलामा निर्माणाधीन पुलको काम करीब ९० प्रतिशत सकिसकेको छ ।  आगामी असार मसान्त अगावै सक्नुपर्ने भएकाले पुलको बाटाको रुपरेखा मिलाउने, काँटछाँट गर्नेलगायत काम भइरहेको सहायक सुपरभाइजर दामोदर भण्डारीले बताउनुभयो । सो पुलको लम्बाइ २५ मिटर र चौडाइ ११ मिटरमा साढे सात मिटर गाडी गुड्ने छ । वडा  नम्वर १० मा पर्ने पाँच सय खोलामा निर्माणाधीन पुलको ढलानको  काम भइरहेको छ । सो पुलको ५५ प्रतिशत काम सकिइसकेको छ । 

            कालीगण्डकीको दोभान नजीकै रहेकाले सामान उपलब्ध भएका खण्डमा वर्षा नलाग्दै ढलान गर्ने तयारी छ । सो पुलको २५ मिटर लम्बाइ र साढे सात मिटर गाडी गुड्ने भागसहित ११ मिटरको चौडाइ छ ।  बन्दाबन्दी भएपछि निर्माणाधीन कार्य बीचमै रोकिन पुगेकामा वर्षायाम नजिकिएकाले खोलाका निर्माणाधीन पुलका काम सुस्तसुस्त शुरु गरिएको कालीगण्डकी करिडोर आयोजना कार्यालय पाल्पाका सब इन्जिनियर शिव सुवेदीले जानकारी दिनुभयो । यसैगरी गैँडाकोटदेखि पीपलडाँडा सडक खण्डअन्तर्गत १३० किमी सडक कालोपत्रे बनाउने योजनाका लागि पहिलो चरणको काम भइरहेको छ । (रासस)

प्रकाशित : ६ जेष्ठ २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६