अन्तर्राष्ट्रिय

कोरोना कहरः विश्वभर ४९ लाख ८५ हजार बढी संक्रमित, ३ लाख २४ हजार भन्दा धेरैको मृत्यु



एजेन्सी, ७ जेठ । चिनको बुहानबाट सुरु भएर साढे ४ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको महामारीबाट विश्वभर ३ लाख २४ हजार ८८९ जनाको मृत्यु भएको छ । विश्वका २१३ मुलुकमा फैलिएको कोरोना भाइरसको महामारीले ४९ लाख ८५ हजार ६६२ जना मानिस संक्रमित भएका छन् ।

            कोरोना भाइरस संक्रमितमध्ये १९ लाख ५८ हजार ३१३ जना उपचारपछि निको भएर घर फर्केका छन् ।  २४ घण्टामा साढे ४ हजार बढीले ज्यान गुमाएका छन् भने करिब ९५ हजार जनामा संक्रमण पुष्टि भएको छ । विश्वका विभिन्न अस्पतालहरुमा २७ लाख २ हजार ४६० जनाको उपचार भइरहेको छ । उपचारारत मध्ये ४५ हजार ४२६ जनाको  स्वास्थ्य अवस्था गम्भीर छ ।

            कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा १ लाख साढे ६४ हजार बढीको मृत्यु भएको छ । त्यस्तै १८ लाख साढे १५ हजार बढी संक्रमित भएका छन् ।यस्तै एसियाली मुलुकहरुमा करिब साढे २५ हजार को मृत्यु भएको छ । ८ लाख ४१ हजार भन्दा धेरै संक्रमित भएका छन् ।

            विश्वमै कोरोना भाइरसको महामारीको सबैभन्दा बढी प्रभाव अमेरिका पर्दै आएको छ । अमेरिकामा बुधबार विहान सम्म ९३ हजार ५३३ जनाको मृत्यु भएको छ । १५ लाख ७० हजार ५८३ जना संक्रमित भएका छन् । कोरोना भाइरुका कारण विश्वको अर्थव्यवस्था र जनजीवन व्यापक प्रभावित बनेको छ  भने करोडौं मानिस बेरोजगार भएका छन् ।

प्रकाशित : ७ जेष्ठ २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६