पर्यटन

२९ एम्बुलेन्स चालकलाई राहत ,उद्धार सहित क्वारेण्टाइन विस्तार



कपिलवस्तु ७ जेठ  प्रदेश ५ का सांसद बिष्णु पन्थीले कपिलवस्तुका एम्बुलेन्स चालकलाई व्यक्तिगत सुरक्षाका लागि आवश्यक पर्ने स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध गराउने अभियान शुरुवात गर्नु भएको छ । अभियानको पहिलो दिन बुधबार बाणगंगा नगरका प्रबक्ता बिष्णु पौडेल मार्फत पिपरा अस्पतालका एम्बुलेन्स चालकलाई सुरक्षा सामग्रीहरुको सेट उपलब्ध गराउनु भएको छ । कोरोनाभाइरस संक्रमित विरामीलाई उपचारका लागि अस्पतालसम्म र्पुयाउँदा आइपर्ने जोखिमबाट जोगिन भन्दै सांसद पन्थीले एम्बुलेन्स चालहरूलाई पिपिई, मास्क, स्यानिटाईजर, चालकले प्रयोग गर्ने चश्मा लगायत स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध गराएको वताउनु भयो ।

        सांसद पन्थीले व्यक्तिगत सुरक्षा सामग्री पाएपछि अब ढुक्क भएर बिरामी ओसार पसार गर्ने कार्यमा एम्बुलेन्स चालक लाग्ने बिश्वास व्यक्त गर्नु भयो । सांसद पन्थीले जिल्लाका सबै एम्बुलेन्स चालकहरुलाई सुरक्षा सामग्री पु¥याउने आफ्नो तयारी रहेको बताउनुभयो । जिल्लामा कोरोना भाईरसका संक्रमित विरामीलाई बोक्ने १० पालिकामा २९ वटा एम्बलेन्स तयारी अवस्थामा राखिएको छ । यस अघि सासंद पन्थीले जिल्लाका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी  सञ्चारकर्मीहरुलाई सामग्री उपलब्ध गराई सक्नु भएको छ । यता भारतबाट स्वादेश फर्किने नेपालीहरु लाई सिमाक्षेत्रबाट उद्धार गर्ने कार्यलाई बाणगंगा नगरपालिकाले निरन्तरता दिई रहेको छ ।

     नगरपालिकाले कपिलवस्तु मात्र होईन छिमेकी जिल्लाका नागरिकलाई समेत सिमाक्षेत्रबाट उद्धार गरिरहेको छ । निरन्तर रुपमा भारतबाट नेपाल आउनेको संख्या बढ्दै गएपछि क्वारेन्टाईको ब्यवस्थापन पनि दैनिक रुपमा गरिरहेको छ । नगरपालिमा अहिलेसम्म ९९ जना क्वारेन्टाईनमा बसेकोे जनाएको छ ।  जसमा बाणगंगा माबि, कोपवा माबि, ओदारी माबिको क्वारेन्टाईनमा बसिरहेको छन । बुधबार मात्रै नगरपालिकाले १४ जनाको उद्धार गरेको नगरप्रबक्ता बिष्णु पौडेलले बताउनुभएको छ । यस्तै बुधबार बसेको आन्तरिक बिपद ब्यवस्थापन समितिको बैठकले बाणगंगा ७ मा रहेको जनचेतना  आधारभूत बिद्यालयमा ५० बेडको क्वारेन्टाईनमा निर्माण गर्ने निर्णय गरेको छ ।

    यसको ब्यवस्थापनका लागि वडा नं ७ का वडा अध्यक्ष बिष्णु गिरीलाई जिम्मेवारी दिएको छ । यस्तै क्वारेन्टाईनमा बसेकाहरुको समयमै पिसिआर परिक्षणका लागि प्रदेश सरकार संघिय सरकारसंग माग गर्ने निर्णय गरेको छ । अहिलेसम्म नगरपालिकाले १ सय १३ जनाको स्वाब परिक्षण गरिएको प्रबक्ता पौडेलले बताउनुभयो । 

प्रकाशित : ७ जेष्ठ २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६