अर्थ-वाणिज्य

अस्थायी राजधानी बुटवलमा आश्चर्यजनक रोक, निर्णय सच्चाउन माग



बुटवल  ८ जेठ । प्रदेश ५ को अस्थायी राजधानी बुटवलले सिमा जोडिएका ६ वटा पालिका भन्दा वाहिरको तरकारी आयातमा रोक लगाएको निर्णयले सबैलाई आश्चर्यमा पारेको छ । उपमहानगरको यो निर्णय सच्चाउन माग गरिएको छ । विवरण  अनुसार  बुटवल उपमहानगरपालिकाले छिमेकी ६ वटा पालिकाहरुका तरकारी मात्र नगर क्षेत्र भित्र ल्याउन दिने निर्णय गरेको छ ।

        बुटवलले रुपन्देहीको तिलोत्तमा, देवदह,सैनामैना कंचन,शुद्धोधन, सियारीसंगै पाल्पाको तिनाउ गाउपालिकाका किसानले उत्पादन गरेका तरकारी मात्र बुटवल ल्याउन दिने निर्णय गरेको हो ।यी सबै बुटवल उपमहानगरपालिका संग सिमाना जोडिएका पालिकाहरु हुन । बुटवलमा भारतीय तरकारी तथा फलफुल बिक्रि गर्ने गरीएको भन्दै आलोचना भईरहदा बुटवल उपमहानगरको यस्तो निर्णय आएको हो ।कोरोनाको माहामारीका कारण स्वास्थ्य संवेदनशीलतालाई मध्यनजर गर्दै बुटवल उपमहानगरपालिका नगरकार्यपालिकाको जेठ २ गतेको बैठकले उक्त निर्णय गरेको नगरप्रमुख शिवराज सुवेदीले जानकारी दिए ।        

    नेपाल सरकार तथा प्रदेश सरकारले निर्णय गरी लकडाउन अवधिमा संचालन गर्ने भनी तोकिएका खाद्यान्न, कृषि उपज उत्पादन कार्य, विक्री वितरण र उल्लेखित सामाग्रीहरुको ढुवानी गर्न दिने निर्णय गरिएको सुवेदीले बताए ।ति पालिकाहरुमा ल्याईएका तरकारीहरु भने सम्वन्धीत पालिकाले प्रमाणित गरेपछि मात्र बुटवलमा ल्याई बिक्री वितरण गर्न पाईने छ ।स्थानीय स्तरमा उत्पादन भएको हरियो ताजा तरकारी र फलफुल स्थानीय पालिका मार्फत स्थानीय उत्पादन भनी सिफारिस गरेको आधारमा र बुटवल उपमहानगरभित्रको भए सम्बन्धित वडा कार्यालयले सिफारिस गरेको आधारमा घरघरमा डुलाई विहान ७ बजेदेखि १० बजेसम्म विक्री वितरण गर्न पाइने निर्णय नगरपालिकाको छ ।

        त्यसैगरी बुटवलले कृषि कार्यसँग सम्बन्धित कार्यका लागि आवश्यक मल, विउ,औषधी पसल आइतवार, मंगलवार र विहीवार विहान ९ बजेदेखि २ बजेसम्म खोल्न पाउने निर्णय गरेको जनाएको छ ।दुध विक्रेताले आफुले उत्पादन तथा संकलन गरेको दुधलाई सम्बन्धित पालिका वा वडावाट भएको सिफारिसका आधारमा विहान ७ बजेदेखि १० बजेसम्म र वेलुकी ५ बजेदेखि ७ बजेसम्म विक्री गर्न पाउने निर्णय गरिएको छ ।त्यसैगरी बुटवल उपमहानगरले ।विकास निर्माणसँग सम्बन्धित सामग्री विक्री गर्ने पसलहरुलाई आइतवार, मंगलवार, विहीवार विहान ९ बजेदेखि २ बजेसम्म हप्तामा ३ दिन खोल्न पाउने गरी निर्णय गरीएको छ ।

प्रकाशित : ८ जेष्ठ २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६