अन्तर्राष्ट्रिय

भारतमा १ लाख १२ हजार बढीलाई कोरोना भाइरसको संक्रमण



एजेन्सी, ८ जेठ । विश्वमा माहामारीको रुपमा फैलिदै गएको कोरोना भाइरस (कोभिड–१९) ले भारतमा संक्रमितको संक्रमितको संख्या १ लाख १२ हजार पार गरेको छ । भारतमा एकै दिन थप ५ हजार ५५३ जनामा संक्रमण देखिएसँगै त्यहाँ कुल संक्रमितको संख्या १ लाख १२ हजार २८ पुगेको हो ।

            भारतमा विहीबार विहानसम्म कोरोना भाइरसको संक्रमणबाट ३ हजार ४३४ जनाको मृत्यु भएको छ । २४ घण्टामा त्यहाँ थप १३२ जनाको मृत्यु भएको छ । कोराना भाइरसको संक्रमण फैलिने क्रम नरोकिएपछि भारतमा मार्च २४ देखिको लकडाउन ३१ मे सम्म पुर्‍याइएको छ । त्यस्तै भारतमा कोरोना भाइरसबाट निको भएर ४५ हजार ४२२ जना उपचारपछि घर फर्किसकेका छन् । कोरोना भाइरसले विश्वकै अर्थव्यस्था र बेरोजगारी दर ह्वात्तै बढेको छ विज्ञहरुले यस्तै अवस्था रहे भारतमा समेत भोकमरी लाग्न सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।  

प्रकाशित : ८ जेष्ठ २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६