अर्थ-वाणिज्य

उत्पादित केराले बजार नपाएपछि किसान चिन्तित



नवलपरासी ८ जेष्ठ । नवलपरासी पश्चिम सुस्ता पश्चिम जिल्लामा उत्पादित केराले बजार नपाएपछि किसान चिन्तित भएका छन् । बन्दाबन्दीका कारण काठमाडौँ पोखरा र पहाडी क्षेत्रलगायत ठूलाठूला बजारसम्म बजारीकरणका लागि केरा पु¥याउन निकै समस्या भएको  छ । नवलपरासी बर्दघाट  सुस्ता पश्चिम जिल्लाको दक्षिणी भेग विशेष गरी  केरा खेतीका लागि उपयुक्त मानिन्छ । बन्दाबन्दीमा नेपाल सरकारले कृषि उपजलाई सहजै बजारीकरणका व्यवस्था भएको जनाए पनि बजारीकरणमा समस्या देखिएको केरा उत्पादक सङ्घका जिल्ला अध्यक्ष लख्खु यादव बताउनुहुन्छ ।

स्थानीय बजारमा सामान्य मात्रामा केरा बिक्री हुँदै आए पनि ठूला शहर बजारसम्म केरा पुग्न नसकेको प्रतापपुर –५ कठहवामा २० बिघा क्षेत्रफलमा केरा खेती गर्दै आउनुभएका किसान मोतीलाल कोइरीको भनाइ छ । ऋण लिएर खेती गर्दै आएका किसानलाई केरा बिक्री नहुँदा झन् ठूलो समस्या हुँदै आएको प्रतापपुर –६ का किसान  इन्द्राज पासीको भनाइ छ । खेतमा तयार भएको केराले बजार पाएको छैन । भारतीय बजारबाट सहजै रुपमा केरा भित्रिने गरे तर नेपाली उत्पादनले बजारीकरण गर्न नपाउँदा समस्या भएको प्रतापपुर –५ कठहवामा किसान चन्द्रिका कोहार बताउनुहुन्छ  ।

कृषि ज्ञान केन्द्र नवलपरासी  बर्दघाट – सुस्ता पश्चिम  कार्यालयका अनुसार  जिल्लामा ३०० हेक्टर क्षेत्रफलमा वार्र्षिक चार हजार २०९ मेट्रिक टन केरा उत्पादन  हुँदै आएको छ । यहाँका किसानको आम्दानीको दरिलो स्रोत केरा खेती मानिएको छ । किसानले रु ५० देखि रु ६० सम्ममा एक दर्जन काँचो केरा बेच्छन् । 

प्रकाशित : ८ जेष्ठ २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६