सुदूरपश्चिम

तीन हजार २ सय ९६ बालबालिकालाई दादुरा–रुबेलाको खोप



कैलाली ८ जेष्ठ । कैलालीको कैलारी गाउँपालिकामा तीन हजार २९६ बालबालिकालाई दादुरा–रुबेलाको खोप लगाइएको छ । नौ महिनादेखि पाँच वर्षमुनिका तीन हजार ८०४ बालबालिकामा दादुरा– रुबेलाको खोप लगाउने लक्ष्य लिएकोमा तीन हजार २९६ बालबालिकालाई सो खोप लगाइएको हो । यो लक्ष्यको तुलनामा ८६ दशमलव ७ प्रतिशत रहेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख वीरेन्द्र सापकोटाले जानकारी दिनुभयो । “चैत १५ देखि दादुरा–रुबेला विरुद्धको खोप अभियान सञ्चालन गर्ने तय भएकोमा कोरोना भाइरसका कारण उक्त अभियान स्थगन गरिएको थियो”, उहाँले भन्नुभयो, “त्यसैले यो अभियान गाउँपालिकाभरि जेठ १ देखि ४ गतेसम्म र बाँकी छुटफुटलाई ५ गते पनि खोप लगाएका छौँ ।”

       गाउँपालिकामा रहेको छ स्वास्थ्य संस्थाबाट सामाजिक दूरी कायम गरेर १२ स्वास्थ्यकर्मीद्वारा दादुरा–रुबेलाको खोप लगाइएको बताइएको छ ।छ स्वास्थ्य संस्थामध्ये हसुलिया स्वास्थ्यचौकीमा ८५ प्रतिशत, पवेरा स्वास्थ्य चौकीमा शतप्रतिशत, रतनपुर स्वास्थ्यचौकीमा ९८ प्रतिशत, बसौटी स्वास्थ्यचौकीमा ८४ प्रतिशत, गदरिया स्वास्थ्यचौकीमा ७७ प्रतिशत र उदासीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा ९० प्रतिशत बालबालिकालाई दादुरा–रुबेलाको खोप लगाइएको स्वास्थ्य महाशाखा प्रमुख सापकोटाको भनाइ छ ।

         यसैगरी जन्मेदेखि पाँच वर्षसम्मका चार हजार ७३३ बालबालिकालाई पोलियो थोपा खुवाउने लक्ष्य लिइएकामा तीन हजार ९२० बालबालिकालाई पोलियो थोपा खुवाइएको छ । यो लक्ष्यको तुलनामा ८३ प्रतिशत रहेको छ । हसुलिया स्वास्थ्यचौकीमा ८१ प्रतिशत, पवेरा स्वास्थ्यचौकीमा ८९.९ प्रतिशत, रतनपुर स्वास्थ्यचौकीमा ९७ प्रतिशत, बसौटी स्वास्थ्यचौकीमा ७८ प्रतिशत, गदरिया स्वास्थ्यचौकीमा ७४ प्रतिशत र उदासीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा ८७ प्रतिशतलाई पोलियो थोपा खुवाइएको जनाइएको छ ।

प्रकाशित : ८ जेष्ठ २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६