अर्थ-वाणिज्य

कपिलवस्तुका २ पालिका : निर्णयमा इमान्दार,जनताको स्वास्थ्यप्रति बफादार



कपिलवस्तु ८ जेठ । प्रदेश ५का आन्तरीक मामिला मन्त्री कुल प्रसाद केसीको अध्यक्षतामा ५ दिन अघि बसेको बैठकको निर्णय अनुसार कपिलवस्तुका ५ स्थानमा ५०/५० बेडका आइशोलेशन सेन्टर स्थापना हुनु पर्ने हो । तर निर्णय गर्ने कार्यान्वनयमा ढिलाई गर्ने विद्यमान सस्कारका धनी स्थानीय सरकारका  प्रमुख मध्ये २ ले मात्र आफनो इमानदारी र जनताको स्वास्थ्य प्रतिको बफादारी प्रदर्शन गरेकाछन् ।त्यसरी इमान्दारीता र बफादारीता प्रकट गरेर काम गर्ने पालिका बिजय नगर र मायादेवि गाउ पालिका हन् । 

        जिल्लाको सबै भन्दा पश्चिममा रहेको विकट क्षेत्र मानिने विजयनगरले सर्बपक्षित निर्णय भएको चौथो दिनमै २५ बेडको आइशोलेशन संचालनमा ल्याएकोछ । अरु २५ बेड क्षमता अवको २ दिनभित्रै विस्तार गर्ने गरी काम भएको गाउपालिका अध्यक्ष गोपाल वहादुर थापाको भनाइछ । विजयनगर गाउँपालिकाले वडा नं. ७ मा रहेको आर्युवेदिक अस्पताल परसोहियामा आइसोलेशन सेन्टर सञ्चालनमा ल्याइएको हो ।प्रदेश सरकारका मन्त्रीकै अध्यक्षताको बैठकले गरेको निर्णय अनुसार बुधवारवाटै आइसोलेशन सेन्टर सञ्चालनमा ल्याइएको हो ।

    बुधवार गाउँपालिकामा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएका व्यक्तिहरुलाई आइसोलेशन सेन्टरमा राखिएको गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले बताउनु भयो । ।आइसोलेशन सेन्टरमा सुरक्षाकर्मी, नगर प्रहरी परिचालन गरी उच्च सर्तकता अपनाइएको इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरिक्षक मधु नेपालले जानकारी दिनु भयो ।संक्रमित भएका व्यक्तिहरुलाई हेरचाह र उपचारका लागि आवश्यक स्वास्थ्य सामग्री सहित स्वास्थ्यकर्मी खटाईएको  गाउँपालिका स्वास्थ्य शाखा प्रमुख यज्ञ प्रसाद अधिकारीले प्रेसपाटीलाई जानकारी दिनु भयो ।अहिलेसम्म गाउँपालिकामा ४ जना कोरोना पुष्टि भएका छन् । जसमध्ये भीम अस्पताल भैरहवामा एक जनाको उपचार भइरहेको छ भने बुधवार ३ जनमा कोरोना पुष्टि भएका व्यक्तिहरुलाई गाउँपालिकाको आइसोलेशन सेन्टरमा राखिएको छ ।

     यता निर्णयको सही कार्यान्वयन गरेर नैतिक इमान्दारीता प्रदर्शन गर्ने जिल्लाको अर्काे पालिका मायादेवि गाउपालिका हो । विकासका सूचकांकमा यो पालिका पछि परेपनि कोरोना विरुद्धको तयारीमा धेरै शक्तिशाली मानिएका पालिकालाई पछि पारेर ५० बेडको आइशोलेसन सेन्टर पकडीमा संचालनमा ल्याएको छ । स्थानीय समाजसेवि फैजल खाँको निर्माणाधिन अस्पत्ताललाई ५० बेडको अइशोलेशन अस्पत्ताल बनाएको हो । पालिका प्रमुख बजरंगी प्रसाद कुर्मीले बीहिवार साझ आइशोलेशन तयारी अवस्थामा आएको प्रेसपाटीलाई जानकारी दिनु भयो । उहाले भन्नु भयो सुविधा सम्पन्न आइशोलेशन अस्पत्ताल बनाएर राखेका छौं अव संक्रमित हुनेलाई केहिदिनलाई गाह्रो हुने छैन ।

    कपिलवस्तुको शिवराज नगरपालिकले आइशोलेशन सेन्टर स्थापनाकालागि चेम्वर अफ कमर्शका अध्यक्ष महादेव पोख्रेलको संयोजकत्वमा निर्माण तथा संचालन समिति बनाएर काम शुरु गरेको मेयर नेत्रराज अधिकारीले बताउनु भयो । १५ दिन भित्रै ५० बेडको आइशोलेशन संचालनमा आउछ उहाले भन्नु भयो । त्यसोत मन्त्रीको उपस्थितीमा भएको बैठकपछि महिला विकास कार्यलय तौलिहवाको भवनलाई आइशोलेशन बनाउने निर्णयवाट कपिलवस्तु नगरका मेयर किरण सिंह पछि हटेको पाइएकोछ । मेयर सिंहले पहिले सार्वजनिक गोदाम घर रहेको एक घरलाई अइशोलेशन वनाउने तयारी गरेपनि काम शुरु भएको छैन । विपत्तिको बेलामा आफैले गरेका निर्णयवाट  कपिलवस्तु नगरपालिका किन पछि हट्यो मेयर सिंह संग कुनै जवाफ छैन । उक्त भवन नगरले लिडो नामको सस्थालाई  भाडामा दिएको छ । सर्बपक्षिय बैठकले उक्त संझौता रद्ध गरेर आइशोलेसन बनाउने निर्णय गरेकोथियो । 

प्रकाशित : ८ जेष्ठ २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६