एजेन्सी, ९ जेठ । विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमितको संख्या भारतमा १ लाख १८ हजार नाघेको छ । एकै दिन थप ६ हजार १९८ जनामा संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या १ लाख १८ हजार २२६ पुगेको हो ।
शुक्रबार विहानसम्म भारतमा कोरोना भाइरसको संक्रमणबाट ३ हजार ५८४ जनाको मृत्यु भएको छ । गएको २४ घण्टामा त्यहाँ थप १५० जनाको मृत्यु भएको छ । कोराना भाइरसको ९कोभिड–१९० को संक्रमण फैलिने क्रम नरोकिएपछि भारतमा मार्च २४ देखिको लकडाउन ३१ मे सम्म लकडाउन जारी रहने छ । भारतमा कोरोना भाइरसका संक्रमित बढेसँगै भारत नेपाल सीमा क्षेत्रमा थप उच्च सुरक्षा सर्तकता अपनाइएको छ ।
प्रतिक्रिया