जीवनशैली

कोरोना हटस्पट अपडेट : कपिलवस्तुमा १३ प्रतिशत महिला संक्रमित



कपिलवस्तु ९जेठ  कपिलवस्तुमा विहिवार थप १ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएसंगै संक्रमितको संख्या ६० पुगेको छ । जसमा महिला ४ र वालिका ४ गरी महिलाको संख्या ८ रहेको छ । प्रतिशतमा हेर्दा यो संख्या १३ प्रतिशत मात्र हुन आउछ । त्यसैगरी ५१ पुरुष र १ वालक संक्रमित भएका छन् । पछिल्लो पटक  शुद्दोधन गाउँपालिका वडा नं. ३ का १९ बर्षिय पुरुषमा कोभिड १९ को पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको हो । यो संगै जिल्लामा संक्रमीतको संख्या ६० पुगेको छ । जिल्लामा हाल सम्म ४ जना महिला, ४ जना वालीका, १ जना वालक र ५१ जना पुरुषमा कोरोना भाईरसको संक्रमण पुष्टी भएको हो ।  सवैको स्वास्थ्य अवस्था समान्य रहेको र उपचार जारी रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लामा ४ सुरक्षाकर्मी, २ कर्मचारी, १ स्वास्थ्यकर्र्मि र ५ बालबालीकामा संक्रमण देखिएको हो । 

        गएको वैशाख २५ गते पहिलो पटक जिल्लामा संक्रमण पुष्टी भए संगै वैशाख महिनमा मात्रै कपिलवस्तुमा ३९ जनामा संक्रमण देखिएको थियो । २५ विहिवार मायादेवी गाँउपालीमा २ जना, वैशाख २७ गते शनिवार मायादेवी गाँउपालीकामै थप २ जना र सुद्धोधन गाँउपालीकामा १ जना, वैशाख २९ गते आईतवार यशोधरा गाँउपालीकामा १२ जना र वुद्धभुमि नरपालीकामा ४ जनामा संक्रमण पुष्टी भएको थियो । 

        वैशाख ३० गते मंगलवार कपिलवस्तु नगरपालीमा ८ जना, वैशाख ३१ गते कपिलवस्तु नगरपालीकामामै थप १ जना, कृष्णनगरमा ८ जना र विजयनगरका एक जनाको रुपन्देहिको भिम अस्पतालमको आईसोलेनमा उपचारको क्रममा संक्रमण पुष्टी भएको थियो । यस्तै कपिलवस्तुमा जेठ महिनाको ८ गते विहिवार सम्ममा २१ जनामा संक्रमण देखिएको छ । जस मध्ये जेठ १ गते वाणगंगा नगरपालीकामा १ जना वालीकाको काठमाण्डौमा र जेठ ३ गते शिवराज नगरपालीकामा ३ जना र जेठ ६ गते मायादेवीमा ४ जनामा र जेठ ७ गते महाराजगंजमा ९ जना र विजयनगरमा ३ जनामा, जेठ ७ गते सुद्धोधनमा १ जनामा संक्रमण पुष्टी भएको हो । 

        जिल्लाको सवै स्थानीय तहमा कोरोना संक्रमण देखिएको छ । जसमा यशोधरा गाँउपालीकामा १२, महाराजगंजमा  ९, कपिलवस्तु नगरमा ९, कष्णनगरमा ८ मायादेवीमा ८ जना, वुद्धभुमि ४ जना, विजयनगर ४ जना, शिवराजमा ३ जना, सुद्धोधन २ जना, वाणगंगा नगरपालीकामा १ जनामा संक्रमण देखिए संगै ६० जनामा कोरोना पुष्टी भएको हो । कपिलवस्तुमा कोभिड–१९ संक्रमण वढेपछि प्रशासनले जेठ २० गते सम्मका लागि जिल्ला सिल गर्ने निर्णय गरेको छ । लकडाउन पालना प्रभावकारी तुल्याउन प्रशासनले यस्तो निर्णय गरेको हो । संक्रमणको जोखिम बढिरहेकाले कपिलवस्तु जिल्लामा सतर्कता अपनाइएको छ । सिल गरिए संगै जिल्ला सुनसान वनेको छ । जिल्लामा कोरोना पोजेटिभ दैनिक रुपमा भेटिएपछि स्थानीयवासीमा त्रास बढेको छ । 

१ हजार ९ सय वढिको स्वाव संकलन :

        कपिलवस्तुमा  जेठ ८ गते विहिवार सम्म हाल सम्म १ हजार ९ सय ६२ जनाको स्वाव संकलन गरेको गरिएको छ ।  जसमा १ हजार १ सय ५८ जनाको रिपोर्ट नेगेटिभ आएको र ७ सय ४६ जनाको रिपोर्ट आउन वाँकी रहेको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको हो । कार्यालयले विहिवार मात्रै ६ सय २० जनाको स्वाप संकलन गरेको उल्लेख गरेको छ ।  कार्यालयले प्रकाशित गरेको जानकारीमा संक्रमीतको संख्या ६० भएपनि जिल्लावाट स्वाव संकलन गरिएकावाट हाल सम्म ५८ जनामा संक्रमण पुष्टी भएको हो । वाणगंगा र विजयनगरमा १ जना पुरुष र १ जना वालीकाको स्वाव संकलन शिक्षण अस्पताल काठमाण्डौ र भिम अस्पताल भैरहवामा गरिएकोमा रिपोर्ट पोजेटिभ आएकोले जिल्लामा संक्रमीतको संख्या ६० पुगेको उल्लेख गरिएको छ । 

            यता जिल्लामा अहिले सम्म १ हजार ९ सय २० जना दु्रत परिक्षण गरिएको छ । जसमा ४८ जनाको परिक्षण पोजेटिभ आएको जनाएको छ । यस्तै विहिवार १ सय ७१ जनाको द्रुत परिक्षण गरेको स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लाका १० स्थानीय तहमा मंगलवार सम्म १ सय ९० स्थानमा क्वारेन्टाईन निर्माण गरिएको छ । जसमा ८ हजार ८ सय वटा सैयाको क्वारेन्टाईन वनाईएको हो । यसरी वनाईएका क्वारेन्टाईनमा हाल सम्म ८ हजार ८ सय ८८ जना रहेको समेत उल्लेख गरेको छ । 

प्रकाशित : ९ जेष्ठ २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६