अन्तर्राष्ट्रिय

अंपुन चक्रवातले भारतमा ७२ जनाको मृत्यु, प्रधानमन्त्री मोदीले प्रभावित क्षेत्रको अवलोक गर्ने



एजेन्सी, ९ जेठ । बंगाल खाडीमा बनेको अंपुन नामको चक्रवातका कारण  भारत र बंगालदेशमा गरी ८४ जनाको मृत्यु भएको छ । चक्रवातको प्रभावले भारतको पश्चिम बंगालमा मात्रै ७२ जनाको मृत्यु भएको छ भने बंगलादेशमा १२ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । चक्रवातले भारतको कोलकता र ओडिशा क्षेत्र बढी प्रभावित भएका छन् 

            प्रभावित क्षेत्रमा ठूलो क्षति भएसँगै  आज प्रधानमन्त्री नरेन्द्र मोदीले प्रभावित क्षेत्रको अवलोकन गर्ने भएका छन् । मोदी ओडिशा र पश्चिम बंगाल क्षेत्रको अवलोकनमा जाने र त्यहाँ राहत तथा उद्धारको अवस्थाबारे बुझ्ने भारतीय प्रधानमन्त्री कार्यालयले विहिबार ट्वीटरमार्फत जानकारी दिएको छ । 

            विहिबार करिव ३ घण्टासम्म प्रति किलोमिटर १२० देखि १३३ किमीको गतिमा चलेको ठूलो हावाहुरीका कारण त्यहाँ ठूलो क्षति भएको छ । त्यहाँ रुख, बिद्युतका पोलहरू ढलेका छन् भने हजारौं घरका छाना उडाएको  र  घरहरु भत्किदा कतिपय मानिसहरुको त्यही च्यापिएर मृत्यु भएको जनाइएको छ ।

        भारतको मौसम विभागका अनुसार बुधबार राति ८ देखि १० बजेसम्म त्यहाँ २२२ मिलिमिटर पानी परेको थियो । चक्रवात प्रभावित क्षेत्रमा बंगाल राज्य सरकारले मृतकका परिवारलाई २÷२ लाख भारतीय रुपैयाँ दिने घोषणा गरेको छ ।

प्रकाशित : ९ जेष्ठ २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६