एजेन्सी, ९ जेठ । बंगाल खाडीमा बनेको अंपुन नामको चक्रवातका कारण भारत र बंगालदेशमा गरी ८४ जनाको मृत्यु भएको छ । चक्रवातको प्रभावले भारतको पश्चिम बंगालमा मात्रै ७२ जनाको मृत्यु भएको छ भने बंगलादेशमा १२ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । चक्रवातले भारतको कोलकता र ओडिशा क्षेत्र बढी प्रभावित भएका छन्
प्रभावित क्षेत्रमा ठूलो क्षति भएसँगै आज प्रधानमन्त्री नरेन्द्र मोदीले प्रभावित क्षेत्रको अवलोकन गर्ने भएका छन् । मोदी ओडिशा र पश्चिम बंगाल क्षेत्रको अवलोकनमा जाने र त्यहाँ राहत तथा उद्धारको अवस्थाबारे बुझ्ने भारतीय प्रधानमन्त्री कार्यालयले विहिबार ट्वीटरमार्फत जानकारी दिएको छ ।
विहिबार करिव ३ घण्टासम्म प्रति किलोमिटर १२० देखि १३३ किमीको गतिमा चलेको ठूलो हावाहुरीका कारण त्यहाँ ठूलो क्षति भएको छ । त्यहाँ रुख, बिद्युतका पोलहरू ढलेका छन् भने हजारौं घरका छाना उडाएको र घरहरु भत्किदा कतिपय मानिसहरुको त्यही च्यापिएर मृत्यु भएको जनाइएको छ ।
भारतको मौसम विभागका अनुसार बुधबार राति ८ देखि १० बजेसम्म त्यहाँ २२२ मिलिमिटर पानी परेको थियो । चक्रवात प्रभावित क्षेत्रमा बंगाल राज्य सरकारले मृतकका परिवारलाई २÷२ लाख भारतीय रुपैयाँ दिने घोषणा गरेको छ ।
प्रतिक्रिया