अन्तर्राष्ट्रिय

साउदी अरबमा १३ सय बढी नेपालीलाई कोरोना भाइरसको संक्रमण



एजेन्सी, साउदी अरबमा १३ सय ६४ जना नेपालीलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ । साउदीस्थित नेपाली दूतावासले  अहिलेसम्म त्यहाँ ७ जना नेपालीको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको जनाएको छ । साउदी अरबमा बिहीबार सम्म ६५ हजार ७७ जना संक्रमित भएका छन् ।

            साउदीको राजधानी रियाद क्षेत्रमा २९९ जना, पूर्व क्षेत्रमा ६९५, जेद्दा क्षेत्रमा १७६, मक्का आसपासको क्षेत्रमा ६५, मदिनामा ७२, जाजान क्षेत्रमा ३३ र ताबुकमा २ जनामा संक्रमण देखिएको छ ।कोरोना सङ्क्रमणले समस्यामा परेका नेपालीहरूको विवरण संकलनका लागि दूतावासले जेठ १ गतेदेखि अनलाइन फारम पनि सार्वजनिक गरेको थियो ।

प्रकाशित : ९ जेष्ठ २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६