एजेन्सी, ९ जेठ । विश्वभर फैलिएको कोरोना भाइरसको महामारीका बीच भारतमा देशभरी सर्वसाधारणका लागि रेलको टिकट खुल्ला गरिएको छ ।देशभरका विभिन्न रेल स्टेशनहरुमा २३० रेलको टिकट काट्न पाइने छ । रेल मन्त्रालयले शुक्रबार दिएको जानकारी अनुसार रेलस्टेसनहरुसँगै अनलाइनबाट पनि टिकट बुकिङ्ग गर्न सकिने व्यवस्था गरिएको छ ।
बिहीबारदेखि अहिलेसम्म १३ लाखभन्दा बढी व्यक्तिले टिकट बुकिङ्ग गरिसकेको मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन् । यात्री टिकट सुविधा केन्द्र मार्फत् टिकट किनबेच समेत भइरहेको छ ।
प्रतिक्रिया