अर्थ-वाणिज्य

तरकारी बेच्न नपाउदा किसान चिन्तित



पाल्पा, ९ जेठ ।  पाल्पामा व्यावसायिक रूपमा उत्पादित तरकारी बिक्री हुन छाडेपछि किसान चिन्तित बनेका छन् । बन्दाबन्दीका कारण उत्पादित तरकारी बजारसम्म निकासी गर्न नपाउँदा बिक्री हुन सकेको छैन । जिल्लाको पूर्वखोला गाउँपालिकाको सिलुवा, खुमडाडा, सालबास, साठीटोल, मैदान, ढलीमारा, लामे लगायतका स्थानमा उत्पादित तरकारी बजारमा पु¥याउन समस्या हुँदा खेतबारीमै कुहिदै गएको किसानाको गुनासो छ ।

            खुमडाँडा सामूहिक तरकारी समूहका अध्यक्ष जीतबहादुर रानाले १६ रोपनी जग्गामा उत्पादित काँक्रो, बन्दा, टमाटर बेच्नका लागि बजारको अभाव हुँदै देखिएको बताउनुभयो ।पाल्पाको ताहँु, आर्यभञ्याङ, रामपुर, तानसेन क्षेत्रमा बिक्री हुँदै आएकामा अहिले बन्दाबन्दीमा निकासी हुन नसक्दा किसान मर्कामा परेको पूर्वखोला गाउँपालिकाका कृषि शाखा प्रमुख सन्तोष कँडेलको बताउनुभयो । 

प्रकाशित : ९ जेष्ठ २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६