पाल्पा, ९ जेठ । पाल्पामा व्यावसायिक रूपमा उत्पादित तरकारी बिक्री हुन छाडेपछि किसान चिन्तित बनेका छन् । बन्दाबन्दीका कारण उत्पादित तरकारी बजारसम्म निकासी गर्न नपाउँदा बिक्री हुन सकेको छैन । जिल्लाको पूर्वखोला गाउँपालिकाको सिलुवा, खुमडाडा, सालबास, साठीटोल, मैदान, ढलीमारा, लामे लगायतका स्थानमा उत्पादित तरकारी बजारमा पु¥याउन समस्या हुँदा खेतबारीमै कुहिदै गएको किसानाको गुनासो छ ।
खुमडाँडा सामूहिक तरकारी समूहका अध्यक्ष जीतबहादुर रानाले १६ रोपनी जग्गामा उत्पादित काँक्रो, बन्दा, टमाटर बेच्नका लागि बजारको अभाव हुँदै देखिएको बताउनुभयो ।पाल्पाको ताहँु, आर्यभञ्याङ, रामपुर, तानसेन क्षेत्रमा बिक्री हुँदै आएकामा अहिले बन्दाबन्दीमा निकासी हुन नसक्दा किसान मर्कामा परेको पूर्वखोला गाउँपालिकाका कृषि शाखा प्रमुख सन्तोष कँडेलको बताउनुभयो ।
प्रतिक्रिया