अन्तर्राष्ट्रिय

भारतमा कोरोना संक्रमित करिब १ लाख २५ हजार नजिक



एजेन्सी, १० जेठ ।  भारतमा कोरोना भाइरस (कोभिड–१९) को महामारी बढ्दो क्रममा रहेको छ ।  यससँगै भारतमा कोरोना भाइरस संक्रमितको संख्या १ लाख २५ हजार नजिक पुगेको छ । भारतमा एकै दिन थप ६ हजार ५६८ जनामा संक्रमण देखिएसँगै त्यहाँ कुल संक्रमितको संख्या १ लाख २४ हजार ७९४ पुगेको वल्डोमिटरको तथ्याङ्कमा उल्लेख छ ।

            शनिबार विहानसम्म  भारतमा कोरोना भाइरसको संक्रमणबाट ३ हजार ७२६ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप १४२ जनाको मृत्यु भएको छ । कोराना भाइरसको  को संक्रमण फैलिने क्रम नरोकिएपछि भारतमा मार्च २४ देखिको लकडाउन ३१ मे सम्म पुर्‍याइएको छ । भारतमा कोरोना भाइरसको संक्रमणबाट ५१ हजार ८२४ जना निको भएर घर फर्केका छन् ।

प्रकाशित : १० जेष्ठ २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६