मधेश

सर्लाहीको गोडैटामा दुई दिनमा २६ संक्रमित, आइसोलेसन छैन



जनकपुरधाम १० जेठ। सर्लाहीको गोडैटा नगरपालिकामा पछिल्लो दुई दिनमा कोरोना संक्रमितको संख्या २६ पुगेको छ । शुक्रबार १४ जना संक्रमित देखापरेकोमा शनिबार थप १२ जना संक्रमित भेटिएका हुन् ।यी २६ जना नै एक साताअघि भारतबाट आएका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले बताए । उनीहरु सीमा नाकाबाट लुकेर छिरेको पाइएपछि क्वारेन्टाइनमा भर्ना गरिएको थियो ।शनिबार सर्लाहीको कविलासी नगरपालिकामा पनि १ जना पुरुष संक्रमित देखिएका छन् । यी पुरुष पनि भारतबाट आएको प्रमुख जिल्ला अधिकारी जिसीले बताए ।यी दुई स्थानीय तहसँगै सर्लाहीको ६ स्थानीय तहमा कोरोना संक्रमित देखापरिसकेका छन् ।

         बागमती नगरपालिका ९ का ३४ बर्षीय पुरुष, हरिवन नगरपालिकाको नयाँ रोड बस्ने ३१ बर्षीय पुरुष, धनकौल गाउँपालिकाका १४ बर्षीय बालक, हरिपुर्वा नगरपालिका ३ धनकौल पूर्वका ४५ बर्षीय पुरुष र रामनगर गाउँपालिकाका १८ वर्षीया युवती र एक जना पुरुषमा कोरोना संक्रमण भइसकेको छ ।हरिवन नगरपालिकामा फेला परेका पुरुष उदयपुर जिल्ला निवासी हुन् भने बागमती नगरपालिका र रामनगर गाउँपालिकाकी १८ बर्षीया युवती काठमाडौंमै बस्दै आएका छन् ।सर्लाहीमा कुल संक्रमितको संख्या ३३ पुगेको छ । यसमध्ये दुई जना काठमाडौंमै बस्दै आए पनि बाँकी यहींका छन् ।

आइसोलेसनको समस्या

        सर्लाहीमा लगातार संक्रमित फेला पर्न थालेपछि आइसोलेसनको समस्या भएको छ । शनिबार बिहान १३ जना संक्रमित फेला परेपछि उनीहरुलाई कुन ठाउँको आइसोलेसनमा राख्ने भन्ने बिषयमा छलफल भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।शनिबार बिहान फेला परेका बाहेक यसअघिका संक्रमितलाई प्रादेशिक अस्पताल जनकपुरधाम र नारायणी अस्पताल वीरगञ्जको आइसोलेसनमा राखिएको छ ।तर, अब यी दुबै अस्पतालमा बेड खाली नभएको सूचना आएको प्रमुख जिल्ला अधिकारी जिसीले बताए । उनले यी संक्रमितलाई राख्न जिल्लामै आइसोलेसन बनाउने तयारी भइरहेको बताए ।

प्रकाशित : १० जेष्ठ २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६