अर्थ-वाणिज्य

गाउँपालिकाले दियो किसानलाई भैसीको पाडी



कावासोती, १० जेठ  । नवलपरासीपूर्व नवलपुरको पहाडी क्षेत्रअन्तर्गत पर्ने बुलिङटार गाउँपालिकाले व्यावसायिक पशुपालनका लागि कृषकलाई सहयोग गरेको छ । गाउँपालिकाले कृषकलाई भैँसीको पाडी सहयोग गरेको हो ।

                गाउँपालिकाले व्यावसायिक पशुपालनलाई प्रोत्साहन गर्न कृषकलाई भैँसीको पाडी सहयोग गरेको हो । पशुपालन र कृषिको सम्भावना बोकेको क्षेत्र भएकाले कृषकलाई यसतर्फ आकर्षित गर्न पाडी सहयोग गरिएको बुलिङटार गाउँपालिका अध्यक्ष शशिकिरण बस्ताकोटीले बताउनुभयो । 

                गाउँपालिकाले २० पशुपालक कृषकलाई पाडी सहयोग गर्न लागेको उहाँले बताउनुभयो । चालू आर्थिक वर्षमा पाडी सहयोग गर्ने योजनाका लागि रु २० लाख विनियोजन गरिएको उहाँले बताउनुभयो । 

प्रकाशित : १० जेष्ठ २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६