अन्तर्राष्ट्रिय

भारतमा १ लाख ३१ हजारभन्दा बढीमा कोरोना संक्रमण



एजेन्सी, ११ जेठ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण दर भारतमा पनि बढ्दै गएको छ । संक्रमित बढ्दै गएपछि भारतमा कोरोना भाइरस संक्रमितको संख्या १ लाख ३१ हजार नाघेको छ ।

            एकै दिन थप ६ हजार ६२९ जनामा संक्रमण देखिएको छ । योसँगै भारतमा कुल संक्रमितको संख्या १ लाख ३१ हजार ४२३ पुगेको वल्डोमिटरको तथ्याङ्कमा उल्लेख छ । आइतबार विहानसम्म भारतमा कोरोना भाइरसको संक्रमणबाट ३ हजार ८६८ जनाको मृत्यु भएको छ ।

            पछिल्लो २४ घण्टामा १४२ जनाको मृत्यु भएको छ । कोराना भाइरसको  संक्रमण फैलिने क्रम नरोकिएपछि भारतमा मार्च २४ देखिको लकडाउन ३१ मे सम्म जारी रहने छ । भारतमा कोरोना भाइरस संक्रमित ५४ हजार ३८५ जना उपचारपछि निको भएर घर फर्केका छन् ।

प्रकाशित : ११ जेष्ठ २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६