अन्तर्राष्ट्रिय

कोरोना कहरः विश्वभर ५४ लाख बढी संक्रमित, ३ लाख ४३ हजार भन्दा धेरैको मृत्यु



एजेन्सी, ११ जेठ ।  विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कहरबाट ५४ लाखभन्दा बढी मानिस संक्रमित भएका छन् ।कोरोना संक्रमणको दर बढ्दै गएसँगै  संक्रमितको संख्या ५४ लाख १ हजार २२२ पुगेको छ ।

            विश्वका २१३ मुलुकमा  फैलिएको कोरोना भाइरसबाट संक्रमितमध्ये २२ लाख ४७ हजार १०९ जना संक्रमण मुक्त भएर घर फर्केका छन् ।  गत २४ घण्टामा ४ हजार ३७४ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ३ लाख ४३ हजार ७९९ पुगेको वल्डोमिटरको तथ्याङ्कमा उल्लेख छ । विभिन्न अस्पतालहरुमा २८ लाख १० हजार ३१४ जनाको उपचार भइरहेको छ । उपचारारत मध्ये ५३ हजार ५६२ जनाको स्वस्थ्य अवस्था अत्यन्तै गम्भीर छ ।

युरोपियन मुलुकहरुमा १ लाख ६९ हजार २७५ जनाको मृत्यु भएको छ । त्यहाँ १८ लाख ८५ हजार ९०० जना संक्रमित भएकोमा ८ लाख ६३ हजार १४५ जना उपचारपछि निको भएका छन् ।एसियाली मुलुकहरुमा २७ हजार ६८ जनाको मृत्यु भएको छ । ९ लाख ३६ हजार ३३६ जना संक्रमित भएका मध्ये ५ लाख ४६ हजार ११८ जना उपचारपछि निको भएका छन् ।

        कोरोना भाइरसको महामारीले अमेरिकामा ९८ हजारभन्दा बढीको मृत्यु भएको छ । संक्रमित १६ लाख ६६ हजार ८२८ जनामध्ये ४ लाख ४६ हजार ९१४ जना उपचारपछि निको भएका छन् । विश्वमै अमेरिका कोरोना भाइरस संक्रमित धेरै हुने राष्ट्र हो । कोरोना भाइरसको संक्रमणको कारण अमेरिकामा करिब ३ करोड ८० लाख मानिसहरु बेरोजगार भएका छन् । 

प्रकाशित : ११ जेष्ठ २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६