एजेन्सी, ११ जेठ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कहरबाट ५४ लाखभन्दा बढी मानिस संक्रमित भएका छन् ।कोरोना संक्रमणको दर बढ्दै गएसँगै संक्रमितको संख्या ५४ लाख १ हजार २२२ पुगेको छ ।
विश्वका २१३ मुलुकमा फैलिएको कोरोना भाइरसबाट संक्रमितमध्ये २२ लाख ४७ हजार १०९ जना संक्रमण मुक्त भएर घर फर्केका छन् । गत २४ घण्टामा ४ हजार ३७४ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ३ लाख ४३ हजार ७९९ पुगेको वल्डोमिटरको तथ्याङ्कमा उल्लेख छ । विभिन्न अस्पतालहरुमा २८ लाख १० हजार ३१४ जनाको उपचार भइरहेको छ । उपचारारत मध्ये ५३ हजार ५६२ जनाको स्वस्थ्य अवस्था अत्यन्तै गम्भीर छ ।
युरोपियन मुलुकहरुमा १ लाख ६९ हजार २७५ जनाको मृत्यु भएको छ । त्यहाँ १८ लाख ८५ हजार ९०० जना संक्रमित भएकोमा ८ लाख ६३ हजार १४५ जना उपचारपछि निको भएका छन् ।एसियाली मुलुकहरुमा २७ हजार ६८ जनाको मृत्यु भएको छ । ९ लाख ३६ हजार ३३६ जना संक्रमित भएका मध्ये ५ लाख ४६ हजार ११८ जना उपचारपछि निको भएका छन् ।
कोरोना भाइरसको महामारीले अमेरिकामा ९८ हजारभन्दा बढीको मृत्यु भएको छ । संक्रमित १६ लाख ६६ हजार ८२८ जनामध्ये ४ लाख ४६ हजार ९१४ जना उपचारपछि निको भएका छन् । विश्वमै अमेरिका कोरोना भाइरस संक्रमित धेरै हुने राष्ट्र हो । कोरोना भाइरसको संक्रमणको कारण अमेरिकामा करिब ३ करोड ८० लाख मानिसहरु बेरोजगार भएका छन् ।
प्रतिक्रिया