अन्तर्राष्ट्रिय

विश्वमा भारत कोरोना संक्रमणको १० औं स्थानमा, ४ हजारभन्दा बढीको मृत्यु



एजेन्सी, १२ जेठ ।  भारतमा कोरोना भाइरस संक्रमित संख्याको हिसाबले विश्वमा १० औं स्थानमा रहेको छ । १ लाख ३८ हजार बढी संक्रमित नाघेसँगै भारत संक्रमित मानिसहरुको हिसाबले विश्वको १० औं स्थानमा पुगेको छ । एकै दिन थप ७ हजार ११३ जनामा संक्रमण देखिएको छ । यो सँगै त्यहाँ संक्रमितको संख्या १ लाख ३८ हजार ५३६ पुगेको वल्डोमिटरको तथ्याङ्कमा उल्लेख छ ।

            सोमबार विहानसम्म भारतमा कोरोना भाइरसको संक्रमणबाट ४ हजार २४ जनाको मृत्यु भएको छ । २४ घण्टामा त्यहाँ थप १५६ जनाको मृत्यु भएको छ । कोराना भाइरसको (कोभिड–१९) को संक्रमण फैलिने क्रम नरोकिएपछि भारतमा मार्च २४ देखिको लकडाउन ३१ मे सम्म पुर्‍याइएको छ । भारतले लकडाउन केही खुकुलो पारेको र प्रभासी मजदुरका लागि रेल र बस सेवा संचालनम ल्याएपछि त्यहाँ संक्रमणमा बृद्धि भएको बताइन्छ ।

प्रकाशित : १२ जेष्ठ २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६