अन्तर्राष्ट्रिय

कोरोना कहरः विश्वभर ५४ लाख ९७ हजार बढी संक्रमित, ३ लाख ४६ हजार भन्दा धेरैको मृत्यु



एजेन्सी, १२ जेठ । कोरोना भाइरस कहरको महामारीबाट विश्वभर ५४ लाख ९७ हजार ४२७ मानिस संक्रमित भएका छन् ।  पछिल्लो २४ घण्टामा ९८ हजार ५ सय बढी नयाँ संक्रमित थपिएसँगै । यो सँगै संक्रमितको संख्या ५४ लाख ९७ हजार ४२७ पुगेको छ ।

            विश्वभर भाइरसबाट संक्रमितमध्ये २३ लाख १ हजार ९०५ जना उपचारपछि निको भएका छन् । त्यस्तै मृत्यु हुनेको संख्या ३ लाख ४६ हजार ६६८ पुगेको छ ।२८ लाख ४८ हजार८५४ जनाको उपचार भइरहेको छ । उपचारारत मध्ये ५३ हजार २२२ जनाको स्वास्थ्य अवस्था गम्भीर छ ।

            सोमबार बिहान सम्म युरोपियन मुलुकहरुमा १ लाख ६९ हजार ८ सय बढीको मृत्यु भएको छ ।यस्तै एसियाली मुलुकहरुमा २७ हजार ४ सय बढीको मृत्यु भएको छ । ९ लाख ६० हजार ४ सय बढी संक्रमित भएकोमा ५ लाख ५९ हजार ५ सय भन्दा धेरै जना संक्रमणमुक्त भएका छन् ।

            कोरोना भाइरसको महामारीले चपेटामा सबैभन्दा बढी अमेरिका परेको छ । अमेरिकामा ९९ हजार ३०० जनाको मृत्यु भएको छ । संक्रमित १६ लाख ८६ हजार ४३६ जनामध्ये ४ लाख ५१ हजार ७०२ जना संक्रमणमुक्त भएका छन् । कोरोना भाइरसको महामारीका कारण अमेरिकामा करिब ४ करोड मानिसहरुले बेरोजगार भत्ता माग गरेका छन् । 

प्रकाशित : १२ जेष्ठ २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६