अर्थ-वाणिज्य

आईसोलेशन सेन्टर जता राख्न खोज्यो त्यतै विरोध, निर्णय भएको सरकारी कार्यालयमा माननियको संस्था , वाहिर वनाउदा जनताको बिरोध



कपिलवस्तु १२ जेठ  कपिलवस्तु नगरपालिकाले कोरोना संक्रमितको उपचारको लागी बनाउन थालेको आइसोलेशन वार्ड निमार्ण कार्यमा जनस्तरको विरोध भएको छ । मन्त्री कुलप्रसाद केसीको अध्यक्षतामा भएको बैठकको निर्णय अनुसार नगरपालिकाले  आइशोलेसन वार्ड तयार नगरी नयाँ ठाउमा तयार पार्न खोज्दा स्थानीयले अवरोध गरेकाछन् । नगरपालिकाले वडा नं. ११ मा रहेको जहदी स्वास्थ्य चौकीको भवनमा निर्णाण गर्न खोज्दा स्थानियले अवरोध गरेका थिए । आईतवार ७ वटा टोलवाट आएका प्रतिनिधी मुलक स्थानीयले उक्त अस्पत्तालमा ताला लगाएर आइशोलेसन वनाउन रोकेका हुन् । स्थानीय बसिर खाँले तौलिहवामा बनाउन निर्णय भएको आइशोलेसन नबनाएर जहदीमा आएर जवरजस्ती गर्न खोजे आन्दोलनमा जाने उद्घोष गरे । 


नगरपालिकाले आज पनी ४ नम्वर वडामा रहेको सरीम क्लिनीकमा स्थापना गर्ने प्रयास गरेको थियो । सरीम क्लिनिक स्थानिय वस्तीबाट नजिक भएको भन्दै स्थानियले रोकेका छन् । वरीपरीका स्थानियले नारावाजी समेत गरेको सन्दीप पाण्डेले जानकारी दिए । आईसोलेशन सेन्टर संचालन कार्य फेरी पनि रोकियो । 

आइसोलेशन सेन्टर निमार्णका लागी प्रदेश ५ का आन्तरीक मामिला मन्त्री कुल प्रसाद केसीको अध्यक्षतमा वैठक वसेको थियो । जेठ ४ गते तौलिहवा प्रशासनमा बसेको बैठकले जिल्लाका ५ स्थानमा आईसोलेशन सेन्टर निमार्ण गर्ने निर्णय गरेको थियो । सदरमुकाम तौलिहवामा महिला विकास कार्यलयको भवन मायादेवी गाउपालिका तैयाव अस्पताल र फुलिका स्वास्थ्य चौकी , विजयनगर गाउपालिकाको आयुर्वेद अस्पताल र शिवराज नगरपालिकाको नलकुपको भवनमा बनाउने  निर्णय गरेको थियो । अहिले सम्म विजयनगर गाउपालिका र मायादेवी गाउपालिकाले तैयाव अस्पतालमा मात्र आईसोलेसन सेन्टर संचालनमा आएको छ । 

सांसदको संस्थाले मानेन अफिस छाड्न  :

आईसोलेसन सेन्टर वनाउन निर्णय भएको महिला विकास कार्यलयमा लुम्विनी एकीकृत विकास संस्था वसेको छ । उक्त संस्था कांग्रेस सांसद अत्तहर कमालको हो । जसको अध्यक्ष पनि आफै हुन । नगरपालिकाले ३ वर्षका लागी मासिक ३० हजार भाडा लिने गरेको छ । सांसद अतहर कमालले आफूलाई जानकारी नदिई निर्णय भएको वताउनु हुन्छ । नगरपालिकाले हामीलाई खवर गरेको पनी छैन । कोठा पनी कम छ । अस्पताल संचालन गर्ने अवस्था पनी छैन । राज्यलाई आवश्यक परे ठुलो कुरा नभएको कमालले वताउनु भयो । 

 यता नगरपालिका एक कार्यपालिका सदस्यले कार्यालय भाडामा दिदा मिलेमतो भएको वताउछन ।  सुचना निकालीयो तर पत्रिका विचमै गायव परियो । जिल्लामा केही कार्यालय भाडा तिरेर वसेका छन । सरकारी भवन सरकारी कार्यालयलाई हस्तान्तरण गर्नु पर्ने हो तर भाडामा दिईयो नाम नखुलाउने सर्तमा वताए ।

बनाउने काम नगरको चलाउने काम ? :

कपिलवस्तु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरन्जीवी पोख्रेलले नगरपालिकाले आईसोलेशन तयार गरेको वताउछन । वडा नम्वर ११ जहदीको स्वास्थ्य चौकीमा आबश्यक पर्ने वेड पुराएको वताए । हामीले निमार्ण गरी सक्यौ संचालन गर्ने काम प्रसाशनको हो उतै सोध्नु होस पोख्रेलले वताउनु भयो । निर्णय गरेको स्थानमा किन संचालन भनी प्रश्न गर्दा त्यो जिम्मा मेयर सावको हो उतै सोध्नु पर्ने भनाई थियो । मेयर किरण शिंहलाई सम्पर्क गर्दा फोन लाग्न सकेन । यता प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलले आईसोलेशन सेन्टर ११ नम्वर वडाको स्वास्थ्य चौकीमा संचालन हुने वताउनु हुन्छ । 

प्रकाशित : १२ जेष्ठ २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६