अर्थ-वाणिज्य

सुत्केरी तथा ७० वर्ष कटेका शेयरसदस्यको कोरोना बीमा



भैरहवा, १३ जेठ । जनउत्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेड रुपन्देहीले ७० वर्ष कटेका र सुत्केरी भएका शेयर सदस्यलाई कोरोना बीमा गर्ने भएको छ ।संस्थामा आबद्ध सदस्यहरुलाई कोरोना भाइरस संक्रमणको पुष्टी भए त्यसबाट हुने समस्याबाट केही राहत होस्भ न्ने उद्देश्यले एक लाखको कोरोना बीमा गरिने जनउत्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष ज्ञानु पौड्यालले बताइन् ।

         “सुत्केरी भएको ४२ दिन भित्रका तथा ७० वर्ष कटेका शेयर सदस्यले कोरोना बीमा गर्न रु. ३ सय तिर्नुपर्नेछ र संस्थाले पनि रु. ३ सय बेहोर्नेछ, पौडयालले भनिन् ।”बीमाको लागि यही जेठ ११ गते भित्र संस्थाको कार्यालयमा नाम दर्ता गराउन सूचनामार्फत अनुरोध गरिएको सहकारीका व्यवस्थापक रनबहादुर थापाले बताए । त्यस्तै सहकारीले आफना ४१ जना कर्मचारीको कोरोना बीम गराइसकेको छ । १ अर्ब ७० करोड पुँजी रहेको जनउत्थानमा १९ हजार ६ सय शेयर सदस्य छन् । संस्थाले आफ्ना सम्पूर्ण शेयर सदस्यको ५ लाखको दुर्घटना बीमा समेत गरेको छ । 

            तिलोत्तमा नगरपालिका–१५ स्थित कोटिहवामा मुख्य कार्यालय रहेको सहकारीको चार वटा सेवा केन्द्र छन् ।भैरहवामा पहुँच सेवा केन्द्र, पटकसार सेवा केन्द्र ठुटीपिपल, मंगलापुर सेवा केन्द्र र पश्चिम अमवा सेवा केन्द्रमार्फत सहकारीले सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित : १३ जेष्ठ २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६