अन्तर्राष्ट्रिय

अमेरिकामा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ लाख नाघ्यो, १७ लाख २५ हजार बढी संक्रमित



एजेन्सी, १४ जेठ ।  चिनको बुहानबाट सुरु भएर विश्वभर महामारीको रुपमा  फैलिएको कोरोना भाइरसका कारण अमेरिकामा मृत्यु हुनेको संख्या १ लाख नाघेको छ । बुधबार विहानसम्म पछिल्लो २४ घण्टामा थप ७४४ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या १ लाख ५४९ पुगेको वर्ल्डोमिटर्सको तथ्याङ्कमा उल्लेख छ ।

            पछिल्लो २४ घण्टामा त्यहाँ १९ हजार १८५ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या १७ लाख २५ हजार ४११ पुगेको छ ।अमेरिकामा संक्रमितमध्ये ४ लाख ७८ हजार ३४१ जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका ११ लाख ४६ हजार ४१३ जनामध्ये १७ हजार १५२ जनाको अवस्था गम्भीर रहेको छ ।

            अमेरिकामा मृत्यु हुनेको उक्त संख्या विश्वभर कोरोनाबाट मृत्यु हुनेको २८ प्रतिशतभन्दा बढी हो भने संक्रमितको संख्या विश्वभर संक्रमित हुनेको ३० प्रतिशतभन्दा बढी रहेको छ । विश्वमै सबैभन्दा बढी कोरोना भाइरसको चपेटामा अमेरिका परेको छ । 

प्रकाशित : १४ जेष्ठ २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६