ब्रेकिंग न्युज

बुवा आमालाई सम्झाउछिन कोरोना संक्रमित ८ वर्षिय वालिका , पत्रकारको साथले उत्साहित



कपिलवस्तु १४ जेठ ।मम्मी वावाले चिन्ता लिनु हुन्छ । तर म ढुक्क छु । उहाहरुलाई फोनवाट सम्झाउछु कोरोनालाई जितेर आउछु । ”कपिलवस्तुकी ८ वर्षिय कोरोना संक्रमित वालिकाले फोनवाट आफ्ना अभिभावकहरुलाई सम्झाउने गरेकी छिन । डाक्टर वन्ने लक्ष्य लिएकी ति वालिकामा कोरोना जित्ने आत्मविश्वास वढेको छ । उनले फोन मार्फत कुरा गर्दै वुवा आमामा रहेको डर हटाउने गरेकी छिन । कक्षा ३ मा अध्ययनरत ती वालिका वाणगंगा नगरपालिका वडा नं। ४ की हुन । उनी आफ्नी साथी संग खेल्दा संक्रमणमा परेकी हुन ।

        उनको मिल्ने साथी उपचारका लागी शिक्षण अस्पतालमा जादा कोरोना लागेको पुष्टी भएको थियो । उनी संग नजिक भएपछी स्वाव संकलन गरीएको थियो । नतिजा आउदा टोल भरी मध्ये उनलाई मात्र कोरोना देखियो । वुटवलमा रहेको एन्फा एकेडेमीको आइसोलेशन सेन्टरमा अहिले उनी उपचाररत रहेकी छिन । उनको स्वास्थ्य अवस्था ठिक रहेको छ ।  “सुरुमा उनी एक्लै वस्नु परेको थियो । एक्लैहुदा रुने गरेकी थिईन ।

        ४ दिन अगाडी उनको भेट कपिलवस्तुकी एक पत्रकार महिलासंग भयो ।  अहिले ती पत्रकार र उनी साथी जस्तै वनेका छन्  । म यहा आए पछी एउटै कोठामा वसीयो । उनलाई आमाले जस्तै गरी स्याहार गर्ने गरेकी छु ।” कोरोना संक्रमित पत्रकारले वताईन । पत्रकार महिलाले  वालिकाको हेरविचार र स्याहार सुसार समेत गर्ने गरेकी छिन । उनले वालिकाको कपडा धुने , कपाल कोरिदिने , कसरत गराउने नुहाउनमा सहयोग गर्ने गरेकी छिन ।

    वालिका विहान ७ वजे तिर उठछिन हात मुख धुन लगाउछु , व्रस गरे पछी एक छिन संग संगै मर्निगवाक गराउछु पत्रकार वताउछिन । जव देखी म आए उनको आखामा आशु आउन दिएको छैन । मैले आफ्नो घरको सदस्य जस्तो व्यवहार गरेकी छु । उनले मलाई अन्टी भनी वोलाउदा मलाई खुसी लाग्छ । संक्रमित पत्रकार र वालिका एकै नगरपालिकाका हुन । तर घर भने फरक फरक ठाउमा हो । दुवैले सुरुवाट चिनजान भएका थिएनन । कोरोना संक्रमण पछी संयोग भेट जुराएको हो । दुवै जनालाई सिघ्र स्वास्थ्य लाभको कामना ।

प्रकाशित : १४ जेष्ठ २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६