अन्तर्राष्ट्रिय

कोरोना भाइरस: भारतमा एकै दिन ७ हजारभन्दा बढीमा संक्रमण पुष्टि



एजेन्सी, १५ जेठ । भारतमा कोरोना भाइरस संक्रमितको संख्या १ लाख ५८ हजार पार गरेको छ ।  त्यहाँ एकै दिन थप ७ हजार २९३ जनामा संक्रमण देखिएको छ । संक्रमण पुष्टि भएसँगै भारतमा  संक्रमितको संख्या १ लाख ५८ हजार ८६ पुगेको वल्डोमिटर्सको तथ्याङ्कमा उल्लेख छ ।

            विहिबार विहानसम्म भारतमा कोरोना भाइरसको संक्रमणबाट ४ हजार ५३४ जनाको ज्यान गएको छ ।  पछिल्लो २४ घण्टामा त्यहाँ थप १९० जनाको मृत्यु भएको छ । कोराना भाइरसको ९कोभिड–१९० को संक्रमण फैलिने क्रम नरोकिएपछि भारतमा मार्च २४ देखिको लकडाउन ३१ मे सम्म पुर्‍याइएको छ । भारतमा कोरोनाभाइरसको संक्रमणाबाट ६७ हजार ७४९ जना निको भएका छन् । भारतले लकडाउनमा खुकुलो पारेसँगै त्यहाँ संक्रमण दर उच्च देखिएको छ ।

प्रकाशित : १५ जेष्ठ २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६