अन्तर्राष्ट्रिय

कोरोना कहरः विश्वभर ५७ लाख ८८ हजार बढी संक्रमित, ३ लाख ५७ हजारभन्दा धेरैको मृत्यु



एजेन्सी, १५ जेठ ।   कोरोना भाइरस महामारीको कहरले विश्वभर ५७ लाख ८८ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा १ लाख १० हजार  बढी कोरोना संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या ५७ लाख ८८ हजार ७३ पुगेको वल्डोमिटर्सको तथ्याङ्कमा उल्लेख छ ।

            विश्वका २१३ मुलुक र २ वटा पानीजहाजमा फैलिएको कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ३ लाख ५७ हजार ४०० पुगेको छ ।  कोरोना भाइरस संक्रमितमध्ये २४ लाख ९७ हजार १४० जना संक्रमण मुक्त भएका छन् । २९ लाख ३३ हजार ५३३ जनाको उपचार भइरहेको छ । उपचारारतमध्ये ५२ हजार ९७३ जनाको स्वास्थ्य अवस्था गम्भीर छ ।  कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा १ लाख ७० हजार ६ सय बढीको मृत्यु भएको छ । एसियाली मुलुकहरुमा २८ हजार बढीको मृत्यु भएको छ । 

            कोरोना भाइरसले विश्वमै सबैभन्दा बढी चपेटामा अमेरिका परेको छ ।  महामारीले अमेरिकामा १ लाख २ हजार १०७ जनाको मृत्यु भएको छ । संक्रमित १७ लाख ४५ हजार ८०३ जनामध्ये ४ लाख ९० हजार १२६ जना संक्रमणमुक्त भएका छन् । अमेरिकामा कोरोना भाइरसका कारण करिब ४ करोड मानिसहरु बेरोजगार भएका छन् । कोरोना भाइरसका कारण विश्वको अर्थतन्त्र नै डगमगाएको छ ।

प्रकाशित : १५ जेष्ठ २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६